काठमाडौं–मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘मार्सी’ ब्रान्डको बियर ल्याउने भएका छन्। टाइगर ब्रुअरी उद्योग खरिद गर्दै उनले ‘मार्सी’ ब्रान्डको बियर बजारमा ल्याउन लागेका हुन्।
करिब ४ अर्ब रुपैयाँमा उद्योग खरिद गरिसेको प्रसाईंले बताए। मार्सी प्रिमियम र मार्सी स्ट्रोङ गरी दुई प्रकारको रङमा बियर उत्पादन हुने प्रसाईंले जानकारी दिए।
‘मार्सी ब्रान्डको बियर दसैं तिहारलगत्तै बजारमा आउँछ,’ उनले नेपाललाइभसँग भने, ‘बियर उत्पादनका लागि आवश्यक मार्सी चामल खरिद प्रक्रिया सुरु भइसकेको छ।’
हिमालको काखमा फलेको मार्सी चामलबाट बियर उत्पादन गरेर बजारमा ल्याउने उनको दाबी छ।
‘बियरमा ७० प्रतिशत जौ र ३० प्रतिशत चामल मात्रै रहने छ। चामलमा मार्सीमात्रै प्रयोग हुन्छ। विदेशबाट आयातित चामल प्रयोग हुँदैन,’ उनले भने।
उनका अनुसार टाइगर ब्रुअरीले प्रतिघन्टा २२ हजार बोत्तल बियर उत्पादन गर्न सक्छ।
उनले आफ्नो कम्पनीको प्रोडक्ट पनि सार्वजनिक गरेका छन्। हरियो बोत्तलमा मार्सी प्रिमियम र पहेंलो बोत्तलमा मार्सी स्ट्रोङ बियर छन्। साथसाथै क्यान बियर पनि ल्याइने प्रसाईंले बताए।
उनी झापाको ‘बीएण्डसी मेडिकल कलेज’ का सञ्चालक हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।