• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, फागुन ११, २०८२ Mon, Feb 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

मासुले रोग सार्न सक्छ, दसैंमा ख्याल गर्नुहोला

कुमार चालिसे शनिबार, कात्तिक १, २०७७  ०९:५७
1140x725

 बडादसैं लाग्यो। यो पर्वमा ठूलाबडा, मान्यजनको हातबाट रातो टीका र आर्शीवाद थाप्नुका साथै मिठोमसिनो खाने गरिन्छ। यसपटक कोरोना कहरका कारण दसैं अलिक अलग हुने निश्चित छ।  अधिक मानिसहरु घरभित्रै रहनेछन्। घरभित्रर रहँदा खानपिन बढी हुन सक्छ।

यस्तोबेला विशेषगरी मासुका विभिन्न परिकारहरू बनाएर खाने चलन हुन्छ, तर सानो–सानो लापरबाहीले गर्दा दसैं मनाउन भनेर आएका आफन्तजन र पाहुनाहरू बिरामी भएर अस्पताल भर्ना हुनुपर्ने अवस्थासमेत आउने गरेको छ। सोही कारण दसैंमा मासुका परिकारहरुको सावधानीपूर्वक र सन्तुलित प्रयोग गर्न आवश्यक छ। 

मासु एक पौष्टिक आहार हो, यसमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ। यसमा जिंक, भिटामिन बी, पोटासियमजस्ता तत्वहरू पनि पाइन्छन्। यी तत्वहरू हाम्रो शरीरका लागि एकदमै अति आवश्यक तत्वहरू हुन्। सन्तुलित भोजनमा मासुको प्रयोग अनिवार्य नै मानिन्छ। तर मासुबाट प्राप्त हुने तत्वहरू त्यति सजिलैसँग भने प्राप्त गर्न सकिँदैन, यदि सही र सन्तुलित ढंगले प्रयोग नगरेको खण्डमा।

यदि तपाईं–हामीले राम्रोसँग सुरक्षित ढंगले राख्न नजानेमा त्यही मासुबाट विभिन्न भयानक किसिमका रोगहरु उत्पन्न हुने, सर्ने खतरा रहन्छ। अमेरिका र युरोपका विभिन्न विश्वविद्यालयका अनुसन्धानकर्ता तथा मासु विशेषज्ञहरूको अध्ययन र अनुसन्धानका क्रममा निकालेको निष्कर्षअनुसार खानामा दैनिक अत्यधिक रातो मासुको प्रयोगले मानिसहरूको संवेदनशील अंग मुटुमा असर पार्नुका साथै उच्च रक्तचाप निम्त्याउने र क्यान्सरको सम्भावना पनि बढाउँछ।

सोही अनुसन्धानअनुसार दैनिक धेरै मासु खाँदा शरीरमा भएका विभिन्न बलिया हड्डीहरू कमजोर हुने खतरा रहन्छ। आर्थाइटिस (हाडजोर्नीसम्बन्धी रोग)को सम्भावना अत्यधिक हुन्छ। महिलामा स्तन क्यान्सरको खतरा हुनुका साथै महिला–पुरुष दुवैमा कोलेस्टेरोलको मात्रा पनि शरीरमा बढ्न जान्छ। जसका कारण इच्छा लागेको परिकार खानबाट बञ्चित रहनुपर्ने हुन्छ। 

नेपालका मासु पसलहरूमा भएका लापरबाहीको कारण मानिसमा धेरैजसो ब्याक्टेरियाको संक्रमण, जुकाका लार्भाहरू शरीरमा प्रवेश गर्ने तथा मासुमार्फत विभिन्न खालका रोग सर्ने गरेको चिकित्सकहरू बताउँछन। फोहर बधशाला, मासुको तयारी र रखबारीमा पर्याप्त ध्यान नदिँदा विभिन्न किसिमका फ्लु तथा सरुवा रोगहरू सर्ने माध्यम बनेको पाइन्छ।

यी र यस्तै कारणहरुले गर्दा विभिन्न किसिमका चाडहरु मनाउने वित्तिकै मानिसहरूको अस्पताल भर्ना हुने संख्या निकै बढेको पाइन्छ। चाडबाडका समयमा धेरै ‘फुड प्वाइजन’का बिमारीहरू अस्पताल आउने गरेको वीर अस्पताल, टिचिङ अस्पताल र पाटन अस्पतालको तथ्यांकले देखाउँछ। सही ढंगले मासु र अन्य परिकार नपाउँका, त्यसलाई स्वस्थकर ढंगले नराख्दा खानेकुरामा विषाक्तता बढी खाना प्वाइजनिक हुन पुग्छ र खाएको केही समयभित्रै पेट बटारिने, पेट ढुस्स पर्ने, झाडापखाला चल्ने, अजीर्ण तथा अपच भई तत्कालै पेट फुल्ने लगायतका लक्षणहरू देखिन थाल्छ।

यस्तो भएमा घरमै उपचार गर्नुका सट्टा तत्कालै नजिकको स्वास्थ्य संस्थाहरुमा गएर जँचाइहाल्नु पर्छ। यस्ता विभिन्न प्रकारका रोगहरुबाट बच्न व्यक्तिगत सरसफाइ, खानेकुरा पकाएका वा काँचो नपाएका खानेकुरा कसरी सुरक्षा गर्ने भन्ने ज्ञानको कमी हो। यसपालिको दसैंमा आफ्नो स्वास्थ्यको ध्यान कसरी राखी आफ्ना पाहुनाको स्वास्थ्यमा समेत कसरी प्रभाव पार्न नदिने हो भन्ने विषयमा केही साधारण कुरामा ध्यान दिन सकिएमा उपचार खर्चका ठूलो जोखिम कम गर्न सकिन्छ। 

Ncell 2
Ncell 2

दसैंका लागि खसीबोका किन्दादेखि नै हामीले केही आधारभूत कुरामा ध्यान दियौं भने मासुबाट सर्ने रोगबाट बच्न सकिन्छ। हेर्दै नाम्ले परेजस्तो, अति दुब्लो, आँखा आवश्यकताभन्दा बढी रसिलो भएको, झोक्राएर बस्ने, फनफनी घुम्ने खसीबोका किन्नु हुँदैन। यस्ता लक्षणहरु खसीबोका बिमारी भएको बेला देखाउने गर्छन्। अहिले काठमाडौं भित्रने खसीबोकालाई सरकारी स्तरबाटै परीक्षण गरेर रातो र हरियो रङ दलिदिने गरिएको छ। सिङमा हरियो रङ पोतिएका खसी बोका स्वस्थ हुन भने रातो रङ दलिएका खसीबोका अस्वस्थ छन्। दुई–चार सयको लोभमा अवस्थ्य खसीबोका किनेर ल्याउँदा आफैं बिमारी हुने खतरा बढी रहन्छ। त्यसपछि खसी बोकाको वध गर्नेदेखि लिएर मासु पकाएर खाने, त्यसलाई भण्डारण गर्ने कुराहरूमा पनि केही आधारभूत जानकारी राख्यौं भने मासुजन्य रोगबाट बच्न सकिन्छ। 

कसरी सर्छ मासुबाट रोग ?
– काँचो, नपाकेको तथा पोलेको कालो मासु खाएमा 
– बत्ती नभएको बेलामा फ्रिजमा राखेको वा फ्रिज बाहिर राखेको मासु खाएमा
– मासु काट्ने स्थान, काट्ने चक्कु तथा हतियार सफा नभएमा
– सडेगलेको मासुमा लोभिएमा
– मासुको परिका तयार पार्ने व्यक्ति (कुक) स्वस्थ नभएमा
– राम्रोसँग फ्रिजमा भण्डारण प्रक्रिया नअपनाएमा
– अस्वस्थ्य तथा बिरामी पशुपछीको मासु खाएमा
– मासु काट्ने अचानो सफा नभएमा
– पशुपछीको वधशाला सम्पूर्ण रुपमा फोहरयुक्त र असुरक्षित भएमा
– बध गर्नेवित्तिकै पकाएर खाएमा

स्वस्थ्य मासु कसरी छान्ने?
– मासु हलुका गुलाबी रङको हुन नहुने
– मासु हरियो तथा प्याजी रङको भएमा त्यो खान अयोग्य भइसकेको हुन्छ
– मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, मन नपर्ने गन्ध नआएको हुनुपर्छ 
– मासु फ्रिजमा अलग–अलग गरी छोपेर सफा, चलेको फ्रिजमा राखेको हुनुपर्छ
– मासु काट्दा र समाउँदा तन्केको जस्तो हुनु हुँदैन।
– मासु किन्ने पसल, काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार, लगाएको पोसाक, काटेको तरिका, तराजु सफा छ कि छैन हेर्नुपर्छ 

कुन मासु खाने, कुन नखाने?
–फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको मासु सकेसम्म नखानु राम्रो हुन्छ 
– बासी तथा खुला स्थानमा राखेको मासु नखाने
– काँचो मासुको परिकार होडबाजी गरेर कुनै पनि हालतमा खानु हुँदैन। किनभने काँचो मासु नै रोगको भण्डार हो। काँचो मासुबाट रोग सर्ने सम्भावना अत्यधिक रहन्छ 
– पोलेका मासु (सेकुवा, हाकु छोइला आदि) सकेसम्म नखाएकै राम्रो। किनकी मासु पोल्दा राम्रोसँग नपाक्ने र धुँवाबाट विषाक्तता बढ्ने सम्भावना अत्यधिक हुन्छ
– राम्ररी सफासँग पखालेको र राम्ररी पाकेको मासुमात्र खाने
–विभिन्न किसिमको धेरै मसला तथा तेलीय पदार्थको प्रयोग कम गर्ने
– बोसो तथा छालारहित मासुको प्रयोगमा जोड दिने

मासु भन्डारण गर्ने तरिका 
– मासुलाई अन्य पाकेका परिकारहरुसँगै फ्रिजमा त्यतिकै नराख्ने
– ताजा मासुलाई २ देखि ४ डिग्री सेन्टिग्रेडमा फ्रिजमा ४८ घन्टासम्म भण्डारण गर्न सकिन्छ। राम्रा फ्रिजिङका माध्यमहरू पनि छन्, जुन व्यावसायिक संस्थाहरु मात्र हुन्छन्।
– मासुलाई फ्रिजमा राख्दा जहिले पनि छोपेर राख्ने गर्नुपर्छ र कहिले पनि माथिल्लो भागमा राख्नु हुँदैन। माथिल्लो भागमा राख्दा मासुमा भएका किटाणुहरु मासुमै हुुने, तरल पदार्थ, हावामार्फत तल्लो सतहमा आउँदा झर्न सक्ने हुँदा तल राखिएका अन्य खाना, पाकिसकेका परिकारहरु, सागसब्जी, साकाहारीका लागि तयार पारिएका÷छुट्याइएका परिकारहरु, फलफूल तथा तरकारीमा पर्नसक्ने खतरा हुन्छ।
– काँचो मासु र पाकेको मासु एकै स्थानमा नराख्ने।

दसैंमा ध्यान दिनुपर्ने कुराहरू
– घरमा आफैंले मासु तयार पार्दा सरसफाइमा ध्यान दिने
– विश्वसनीय पसलबाट मात्र स्वस्थ मासु चिनेर किन्ने
– सकेसम्म मासुको प्रयोग गर्दा अधिकतम हरियो सागसब्जी पनि खाने बानी बसाल्ने
– आफन्तहरूकहाँ टीका लगाउन जाने क्रममा मासुको दैनिक प्रयोग नगर्ने
– मासु खानेवित्तिकै आइसक्रिम, दही, क्रिमका परिकारहरु नखाने
– दैनिक व्यायाम गर्ने
– आफूलाई स्वस्थ नभएको महसुुस नभएमा माछा–मासुको प्रयोग गर्दै नगर्ने
– सुरक्षित उपायहरु अपनाएर भन्डारण गरे–नगरेको आफंैले निरीक्षण गरेर मात्र खाने
– आफूले मासुसम्बन्धी जानेको जानकारी आफ्ना परिवार तथा आफन्तजनमा पनि बाँड्ने।

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  ०९:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कसैले बुथ कब्जा गर्छु भन्ने कल्पना नगरे हुन्छ : ओली
पुनर्मिलनको पर्खाइमा पाकिस्तानी बङ्गाली
कांग्रेस महामन्त्री पौडेलले सार्वजनिक गरे १४ बुँदे प्रतिज्ञा पत्र (पूर्णपाठ)
सम्बन्धित सामग्री
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... शनिबार, माघ २४, २०८२
आर्थिक चिन्ता र खाद्य असुरक्षाले चाँडै कमजोर बनाउन सक्छ मुटु : नयाँ अध्ययन आर्थिक चिन्ता र खाद्य असुरक्षाले मुटुलाई परम्परागत जोखिम कारकहरूभन्दा पनि छिटो कमजोर बनाउने सक्ने तथ्य नयाँ अध्ययनले देखाएको छ। मायो... मंगलबार, माघ १३, २०८२
ताजा समाचारसबै
कसैले बुथ कब्जा गर्छु भन्ने कल्पना नगरे हुन्छ : ओली सोमबार, फागुन ११, २०८२
पुनर्मिलनको पर्खाइमा पाकिस्तानी बङ्गाली सोमबार, फागुन ११, २०८२
कांग्रेस महामन्त्री पौडेलले सार्वजनिक गरे १४ बुँदे प्रतिज्ञा पत्र (पूर्णपाठ) सोमबार, फागुन ११, २०८२
गृहमन्त्री अर्याल र नेपालको लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजकबीच भेटवार्ता सोमबार, फागुन ११, २०८२
नेपाली कांग्रेसका ३३ जनाको सामूहिक राजीनामा, निर्वाचनअघि पार्टीलाई धक्का सोमबार, फागुन ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा आइतबार, फागुन १०, २०८२
धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते सोमबार, फागुन ११, २०८२
नेपाली कांग्रेसका ३३ जनाको सामूहिक राजीनामा, निर्वाचनअघि पार्टीलाई धक्का सोमबार, फागुन ११, २०८२
टी–२० विश्वकप: भारतमाथि दक्षिण अफ्रिकाको शानदार जित सोमबार, फागुन ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा आइतबार, फागुन १०, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्