काठमाडौं– सिजी इलेक्ट्रोनिक्सअन्तर्गतको ईओएल प्रालिले यसपालिको दसैँ र तिहारलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ।
केन्टआरओले दसैँ र तिहारलाई लक्षित गर्दै ‘१०० प्रतिशत शुद्ध पानीको संरक्षणसहित यस उत्सवको मौसम, स्वस्थ रहनुहोस्’ भन्ने नारासहित जारी गरेको यस अफरअन्तर्गत केन्टको कुनै पनि आरओ.मोडलको खरिदमा चार वटा एलईडी बल्बको उपहार प्याक पाउन सकिन्छ।
यो ग्राहक योजना असोज १ गतेदेखि नै लागू भइसकेको छ। स्वच्छ पिउने पानीका लागि आरओ प्रविधि निकै उपयुक्त हुने कम्पनीले जनाएको छ। आरओबाट प्रशोधित भएको पानी स्वस्थ जीवनका लागि उपयुक्त हुने उल्लेख गरिएको छ।
केन्ट ब्राण्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू/डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू समेत बजारमा उपलब्ध छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।