• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत १२, २०८२ Thu, Mar 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

कोरोना कहरमा कसरी सम्हाल्ने मनोदशा?

डा एन्जेला रेग्मी शुक्रबार, असोज ३०, २०७७  १३:०५
1140x725

कुरा अहिलेको परिस्थितिमा कोरोना भाइरस र यसको समयमा फैलिएको भयको हो। मानसिक स्वाथ्यको वर्तमान परिवेश धेरै संवेदनशील छ। मानसिक स्वास्थ्यलाई लिएर वर्तमान परिप्रेक्ष्यमा चित्रण गर्दा मानौं यो एउटा शून्यतामा जोरले चर्किएको सिसाझैँ छ। 

प्राय: छायाँमा राखिने वा छायाँमै रहेको 'मानसिक स्वास्थ्य' विषयमा समयमै ध्यानाकर्षण नरहने अवस्थाले अवश्य नै बेग्लै चुनौतीको रूप लिने मानसिक विज्ञहरुको अनुभव र आकलन छ। 

लकडाउनमा भएको सामाजिक एवं आर्थिक अन्योल, एक्लोपन र यो एक्लोपनको भारमा उब्जिएको अनिश्चितता, अफवाह एवं अस्तित्वमा नै खतरापनको अनुभूतिले मात्र पनि मानसिक स्वास्थ्यको दुर्दशालाई चुनौती दिइरहेको छ। यस्तो अवस्थामा मनले उसलाई सुनिदिन पुकार गर्दो हो।
 
तपाईं वजन घटाउनमा व्यस्त हुनुहुन्छ वा ब्लडप्रेसर ठिक राख्नका निम्ति खानामा नुनको मात्रा मिलाउनमा व्यस्त हुनुहुन्छ। योगा, मेकअप, वस्त्र जीवनशैली, संगीत आदि–इत्यादीका फेसबुकका पेजनमा मस्त हुनुहुन्छ। तर तपाईंमध्ये कति जनालाई मानसिक स्वास्थ्य सम्बन्धी चासो होला?
 
मानसपटलको असहजताबारे तपाईं कत्तिको सजग हुनुहुन्छ? कतै तपाईंको मनले म डरमा छु, म अरु समयभन्दा बढी सोचमा डुबेको छु त भन्दैन? कतै मनले उसको लागि समय छुट्याउन विलम्ब त गरिरहेको छैन?  स्पष्ट रुपमा अंग्रेजीमा भन्दा कतै मनले 'I exist, give me your attention!' त भनिरहेको छैन?

हजुरहरुमध्ये कति जना साँच्चिकैमा मनोस्वास्थ्यप्रति चेतनशील हुनुहुन्छ होला? वास्तवमै कति जना मानसिक स्वास्थ्यसँग जडित कलङ्कविहीन हुनुहुन्छ? यहाँ कति जना मानसिक रोगको कलंकद्वारा आलोचित हुनुहुन्छ?

तर, यसैबीच तपाईं भन्नुहुन्छ- म पागल हुनै सक्दिनँ! 

तर, फेरि मनले  हाँस्दै भन्छ- के म पागल मात्र हुन्छु त?

मन भनौं या मस्तिष्क, तपाईंलाई जानकारी नभएका अरु धेरै रोग लाग्न सक्छन्। जस्तै: टाउको दुखाइ, जिउ दुखाइ, छटपटाहट, असामान्य रुपमा ज्यादा हाँसो वा रुवाइ, ढुकढुकी बढेको डर अथवा आशंका बढ्नु नै यसका लक्षण हुन्। अन्य शारीरिक समस्याहरु जस्तो: रगत जाँच रिपोर्ट लगायत अन्य टेस्टहरुमा खराबी नहुँदा पनि हुने समस्याहरु पनि मानसिक रोगका कारण हुन सक्छन् भन्ने बेलैमा बुझेर त्यसको लागि चाहिने परामर्श तथा उपचार अगाडि बढाउनु जरुरी हुन्छ।

मानिस आफ्नो व्यवहारले समाजमा चिनिन्छ। दैनिक व्‍यवहारमा कुनै पनि गतिविधि जसले गर्दा व्यक्तिगत र सामाजिक समस्या सिर्जना हुन्छ भने त्यो नै मानसिक रोग हुनसक्छ। उदाहरणका लागि, निद्रा नलाग्ने, चिन्ता-तनाव हुने, लागूपदार्थको लत हुनेदेखि लिएर कडा रोगहरु जसमा भ्रम र असमान्य गतिविधि हुने गर्छ।

Ncell 2
Ncell 2

वंशाणुगत त्रुटि, मनस्थिति, आहार, दैनिक जीवनशैली, सामाजिक-आर्थिक परिवेश सबैको उत्तिकै भूमिका हुन्छ। शिशु अवस्थादेखिको बन्दै जाने त्यो १.५ केजीको मस्तिष्कमा जीवनकालमा भोगेको हरेक सिकाइले हाम्रो पहिचान बनेको हुन्छ। त्यसैले पनि कुनै एक कारणलाई औंल्याउनु अज्ञानता हो।

मनले भन्छ, 'म यो सब खेल खेलिरहेको हुन्छु, श्रेय तपाईं केवल मुटुलाई दिनु हुन्छ। माया, प्रेम, सद्भाव के मुटुकै खेल हो त?' 

मनले फेरि भन्छ, 'मलाई तपाईं बौद्धिकताको मात्र श्रेय दिनुहुन्छ, यसै कारण होला मस्तिष्क यानी मन सजिलै तपाईंलाई छक्याउँदै आफ्ना कमजोरीलाई लुकाउनमा सफल हुन्छु। तपाईं मनलाई कमजोर ठान्नै चाहनुहुन्न हैन त?'

मन–मुटु सम्मिलित अनेक जीवन घटनाहरुमा हामी हाम्रो मनमुटु कमजोर भएको थाहा पाउन प्राय: सकिरहेका हुँदैनौं। मनमुटु अर्थात् मस्तिष्क कति देखाइ, भोगाइले गर्दा थकित र कमजोर भइसकेको हुन्छ यो बेलामा बुझ्न जरुरी हुन्छ र यो बुझाउन केवल मानसिक रोग र मनोविज्ञानसँग सम्बन्धित व्यक्तिमार्फत मात्र सम्भव छ। तसर्थ, मनलाई माया गर्न सिक्नु जरुरी छ। 

अन्त्यमा, विश्वव्यापी रुपमा फैलिएको महामारीको समयमा सबै जना सचेत रहनुहोस। रोग फैलिनबाट आफू र अरुलाई बचाउनुहोस। जनस्वास्थ्यका नियम पालना गर्नुहोस। गलत अविश्वसनीय सञ्चार स्रोतलाई विश्वास नगर्नुहोस। घरेलु कार्यमा सक्रिय रहनुहोस। गुम्सिएका तनावजनक विषयको बारेमा कुरा गरेमा मन हल्का हुन्छ, त्यसैले संवाद गर्नुहोस। 

(डा रेग्मी सिन्धुली अस्पतालको मानसिक रोग विभागमा कार्यरत छिन्।)
 

प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७  १३:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
इरानले भन्यो– ‘मित्र देशका लागि हर्मुज जलमार्ग खुला छ’
कर्णाली खेलकुद परिषद् पुनर्गठन, सदस्य सचिवमा
नवनिर्वाचित सांसदहरूको शपथ आज
सम्बन्धित सामग्री
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू विश्वभर टाउको दुखाइका कारणहरूमध्ये माइग्रेन दोस्रो ठुलो कारण हो भने स्नायु सम्बन्धी अपाङ्गता ल्याउने यो पहिलो प्रमुख कारण हो। तथ्याङ... बुधबार, फागुन १३, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... शनिबार, माघ २४, २०८२
ताजा समाचारसबै
इरानले भन्यो– ‘मित्र देशका लागि हर्मुज जलमार्ग खुला छ’ बिहीबार, चैत १२, २०८२
कर्णाली खेलकुद परिषद् पुनर्गठन, सदस्य सचिवमा बिहीबार, चैत १२, २०८२
नवनिर्वाचित सांसदहरूको शपथ आज बिहीबार, चैत १२, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय बुधबार, चैत ११, २०८२
यस्तो छ २३ र २४ भदौको घटना जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पदभार ग्रहणपछि केसीले भने- सभामुखको आसनमा बसेपछि दलगत पूर्वाग्रहभन्दा माथि उठ्नुपर्छ बुधबार, चैत ११, २०८२
यस्तो छ २३ र २४ भदौको घटना जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय बुधबार, चैत ११, २०८२
कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण, इन्धन डिपोमा आगलागी बुधबार, चैत ११, २०८२
‘भीडन्त’ रोक्न प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखसम्मले ४ घण्टासम्म कुनै भूमिका खेलेनन् : जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी शनिबार, चैत ७, २०८२
वाइडबडी घोटालाको छानबिन गर्न समिति गठन शुक्रबार, चैत ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्