• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

दसैंमा के-के खाने, कसरी खाने?

डा प्रणिती सिंह बुधबार, असोज २८, २०७७  १२:११
1140x725

दसैं भन्नेवित्तिकै मिठो खाने र राम्रो लाउने चाड भन्ने आमबुझाइ छ। त्यसैले दशैंंमा आ–आफ्नो गच्छेअनुसार सबैका घरमा नयाँ लुगा लगाउने र मिठो परिकार पाक्ने गर्छ। 

दशैंमा सबैभन्दा बढी खपत मासुकै हुन्छ। हुनेखानेका घरको चुल्होमा मात्र नभएर हुँदा खानेहरुले पनि ऋण नै काढेर भए पनि मासुको स्वाद लिन्छन् दसैंमा। यो चाडमा अधिकांश नेपालीको भान्सामा खसीको मासु पाक्छ। त्यसका अलावा कुखुराको मासु र माछा पनि  अत्यधिक प्रयोग हुन्छ। मासुमा अत्यधिक मरमसाला र चिल्लोको  प्रयोग गरी पकाउनुका साथै अमिलो–पिरो खानेकुरा पनि उति नै पाक्ने गर्छ।

दसैंमा १० पटक खानुपर्छ भन्ने मान्यता छ, त्यसैले अन्य बेलामा भन्दा बढी खानेकुरा पाक्छन्। दसैंमा मासुका विभिन्न परिकार बनाई  बिहान, दिउँसो र साँझ मुख्य परिकारका रुपमा खाने प्रचलन छ। स्न्याक्समा पनि मासुकै प्रयोग बढी हुन्छ। 

दसैंका बखत कार्यालयका साथै शिक्षण संस्थाहरु पनि बन्द हुने भएकाले सबै फुर्सदमा हुन्छन्। दसैंमा घरमै बसी परिवारका साथमा होस् या साथीभाइ आफन्तसँग मदिराजन्य पदार्थको सेवनसँगै  जुवातास खेल्ने, टिभी हेर्ने, साथी जम्मा भएर गफ गरेर समय बिताउँने चलन छ। शारीरिक कसरत कम हुने र खाना पनि चिल्लो र मसालायुक्त हुन्छ, जसले गर्दा मोटोपन बढाउने र दीर्घ रोगीहरुलाई रोग बल्झने सम्भावना प्रवल हुन्छ।  

मधुमेह, उच्च रक्तचाप भएका बिरामीले यस्तो खानेकुरा खाँदा रोग बढ्ने र फ्याटिलिभर बढ्ने गर्छ। साथै निरोगी मानिस पनि आफ्नो वजन बढी भई वा अन्य दीर्घरोग लागेर अस्पताल धाउने गर्छन् चाडबाड सकिनासाथ। 

Ncell 2
Ncell 2

दसैंमा अत्यधिक रातो मासुको प्रयोग गर्नाले युरिक एसिडका बिरामी बढ्ने गर्छन्। यसको मुख्य कारण भनेको चाडबाडमा अन्य बेलाको भन्दा बढी खानेकुरा खाने तर आफ्नो स्वास्थ्यको ख्याल नराख्नु नै हो।

चाडबाडमा रमाइलो गर्नुपर्छ, मिठो खानुपर्छ तर मिठो खाने भन्दैमा अत्यधिक मात्रामा माछा, मासु, मैदाले बनेका परिकार र चिनीबाट बनेका खानेकुरा खानु हुँदैन। दसैंमा मासु खानै हुँदैन भन्ने होइन, तर सन्तुलन मिलाएर खानुपर्छ। त्यसो भयो भने कुनै समस्या हुँदैन।

सन्तुलित भोजनले स्वास्थ्यलाई फाइदा गर्छ। जस्तैः एक दिन कुखुराको मासु खाने, अर्को दिन माछा खाने र खानामा मौसमी सागसब्जीको उपभोग गर्न सकिन्छ। यसरी खाना खाएमा निरोगी हुन मद्दत गर्छ। १० पटक खाने भनेर जति बेला पनि मासु खानैपर्छ भन्ने मान्यता गलत हो। फलफूल, सलाद, भटमास साँदेर पनि खान सकिन्छ। आफ्नो शरीरले मागेको जति खानेकुरा खाएर पनि चाडबाड मनाउन सकिन्छ।

चाडबाडमा मासुसँगै मौसमी फलफूल र सागसब्जीलाई भान्सामा समावेश गर्न सकियो भने मासु राम्रोसँग पचाउन मद्दत गर्छ र रोगबाट बच्न सकिन्छ। 

खानामा दैनिक रुपमा फलफूल समावेश गर्न सकियो भने भिटामिन र मिनिरल प्रशस्त मात्रामा पाउन सकिन्छ। मासुलाई उसिनेर राम्रोसँग छाला निकालेर थौरै तेलमा पकाएर खानु स्वास्थ्यकर हुन्छ।

दसैंमा खानाका साथसाथै स्वास्थ्यको पनि ख्याल राख्नुपर्छ। दैनिक आधा घन्टा आफ्नो लागि समय निकालेर शारीरिक कसरत गर्नाले रोग नियन्त्रण हुनुका साथै खाना पच्न मद्दत गर्छ। 

(डा सिंह पोषणविद् हुन्)

प्रकाशित मिति: बुधबार, असोज २८, २०७७  १२:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
उपत्यकाका सार्वजनिक सवारीसाधनमा सीसी क्यामरा जडान सुरु
यो वर्षको एसईई चैत १९ गतेबाट, यस्तो छ रुटिन
सम्बन्धित सामग्री
जाडो मौसममा बच्चालाई कसरी सुरक्षित राख्ने ? जाडो मौसममा बालबालिकाको सक्रियाता कम हुने गर्छ। शारीरिक सक्रियता कम हुँदा, घरभित्रै मात्र बसिरहँदा बालबालिकामा कुनै रोग छ भने एकबाट... शनिबार, पुस ५, २०८२
खाना खाने बित्तिकै ट्वालेट जानुपर्छ? यस्ता समस्या हुन सक्छन्... जब खाना पेटसम्म पुग्छ, तब ठूलो आन्द्रालाई सिग्नल पुग्छ। यो सिग्नलले ठूलो आन्द्रालाई संकुचन गराउन भन्छ। जसले त्यहाँ रहेका मललाई रेक्ट... बिहीबार, पुस ३, २०८२
जाडोयाममा बढी देखिने कत्ले रोग के हो? सामान्यतया आनुवंशिक (जेनेटिक) कारणले नै कत्ले रोग देखिन सक्छ। तर कतिपयमा जेनेटिक कारण नभए पनि यो समस्या देखिनसक्छ। यो समस्या जाडोयाम... बिहीबार, मंसिर २५, २०८२
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर बिहीबार, माघ ८, २०८२
उपत्यकाका सार्वजनिक सवारीसाधनमा सीसी क्यामरा जडान सुरु बुधबार, माघ ७, २०८२
यो वर्षको एसईई चैत १९ गतेबाट, यस्तो छ रुटिन बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्