काठमाडौं- कोरियाली सवारी उत्पादक कम्पनी स्याङयोङले नयाँ गाडी किन्दा ३ लाख रुपैयाँसम्म छुट दिने भएको छ। स्याङयोङका लागि आधिकारिक नेपाली बिक्रेता आइएमएस मोटर्सले दसैँ र तिहारलाई लक्षित गर्दै यस्तो अफर ल्याइएको जानकारी दिएको हो।
यसका साथै पुराना गाडी एक्सचेन्ज गर्दा २ लाखसम्म छुट पाउन सकिने पनि आइएमएसले जानकारी दिएको छ। त्यसैगरी कम्पनीले कोभिड वारियर्स (डाक्टरहरू, नर्सहरू, स्वास्थ्य सेवाकर्मीहरू र प्रहरीहरु) लाई थप १ लाख छुटसमेत दिइने जानकारी दिएको छ।
नगद छुटका साथै स्याङयोङले एक वर्ष निःशुल्क बीमा, ७ वर्ष सजिलो फाइनान्स, तीन वर्षको वारेन्टी, ३ वर्षसम्म निःशुल्क मर्मत, २५ हजार बराबरको निःशुल्क एक्सेसरीज र निःशुल्क सर्भिसिङको सुविधा समेत उपलब्ध गराउने भएको छ।
यस्तो अफर असोज २८ गते देखि कार्तिक २६ गते सम्म लागू हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।