काठमाडौं- टिभिएस मोटर्स कम्पनीको उत्पादन अपाचे सिरिजको विश्वभरको बिक्री ४० लाख नाघेको छ। यो बिक्री सफलतालाई कम्पनीले कोशेढुंगा भनेको छ।
कम्पनीले सन् २००५ बाट अपाचे सिरिज उत्पादन सुरु गरेको थियो। उत्पादनको १५ वर्षमा ४० लाख बिक्रीको बेन्चमार्क कायम गर्न सफल भएको हो।
नेपालमा पनि जगदम्बा मोटर्सले आधिकारीक बिक्री गर्दै आएको अपाचे सिरिज निकै सफल मोडलमा पर्छ।
विश्व बजारमा ४० लाख वटा बिक्री पुरा गरेकोमा नेपाली ग्राहकलाई जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दिपककुमार अग्रवालले अपाचे सिरिजका सबै मोडल नेपालमा बिक्री गर्दै आएको र स्टाइल, पावर र युवा लक्षित डिजायनले अपाचेका हरेक सिरिजले सफलता पाएकाे बताए।
४० लाख वटा बिक्री पुरा गरेको खुसीमा कम्पनीले नेपालमा आरटिआर १६० फोर भीको ३ नयाँ भेरियन्ट समेत सार्वजनिक गरेको थियो। भारत वेस कम्पनी टिभिएसले सोमबार ९५७ फिट लामो फ्ल्याग फहराएर ४० लाख वटा बिक्रीको खुसीयाली मनाएको थियो।
नेपालमा अहिले अपाचे सिरिजमा आरटिआर १६० टुभी, १६० फोर भी, २०० फोर भी र आरआर ३१० का विभिन्न भेरियन्टहरु बिक्री गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।