काठमाडौं– नेपालीहरुको महान चाड दशैंंको अवसरमा सानिमा बैंकका ग्राहकहरुका लागि ‘बिग डिल एट सस्तो डिल’ योजना अघि सारिएको छ।
अनलाइन सपिङ्ग पोर्टल सस्तो डिलसँगको सहकार्यमा संचालित उक्त योजना अन्तर्गत बैंकको मोबाइल बैंकिङ्ग एप, सानिमा सजिलो ई–बैंकिङ्ग प्रयोगकर्ताले क्युआर कोड स्क्यान मार्फत् भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम् २५ सय रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्दछन्।
योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई पहिला आउनेलाई पहिलो प्राथमिकताका आधारमा छुट प्रदान गरिने उल्लेख गरिएको छ। यो योजना २७ आश्विन देखि १ कार्तिक २०७७ सम्म पाँच दिनका लागि लागू हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।