काठमाडौं- सनराइज बैंकले मिसकल गरेरै बिजुलीको पैसा तिर्न सकिने सुविधा ल्याएको छ। बैंकले तोकिएको नम्बरमा मिसकल गरे बिजुलीको पैसा तिर्न सकिने व्यवस्था गरेको जानकारी दिएको हो।
यसका लागि मोबाइल नम्बर ९८५१२७३८६२ मा मिसकल गर्नु पर्ने छ। तर यो सेवा प्रयोग गर्नका लागि सनराइज बैंकमा खाता हुनुपर्ने र विद्युत ग्राहकको विवरण उपलब्ध गराउनुपर्ने बैंकले जानकारी गराएको छ।
हालसम्म सनराइज बैंकका ग्राहकहरुले सनराइज स्मार्ट एप बाट बत्ति, पानी आदिको शुल्क भुक्तानी गर्दै आएकोमा अब भने इन्टरनेट बिना नै सामान्य मोबाइलबाटै मिसकल गरेर बिजुलीको बिल तिर्न सक्नेछन्।
विद्यमान महामारीको समयमा घरैमा बसीबसी विभिन्न सेवाका शुल्क भुक्तानी गर्न मिल्ने भएकाले भिडभाडबाट हुनसक्ने संक्रमणको जोखिम कम हुने बैंकको विश्वास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।