• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

फेवाताल क्षेत्रका बासिन्दा भन्छन्– ताल जोगाउँदा हाम्रो जीवन नभत्कियोस्

64x64
नेपाल लाइभ बुधबार, वैशाख १९, २०७५  ०९:१५
1140x725

पोखरा– सर्वोच्च अदालतले फेवाताल अतिक्रमण गरी बनाइएका संरचना भत्काउन आदेश दिएपछि ताल क्षेत्रका बासिन्दाको भोक–निद्रा हराएको छ। ताल क्षेत्रभित्रको जग्गा अतिक्रमण गरेको ठहरसहित आदेश आए पनि उनीहरुले आफूहरुले जग्गा नमिचेको बताएका छन्।

फेवातालको मापदण्डभित्र परेका बासिन्दाले ताल संरक्षण गर्दा आफूहरुको जीवन नभत्कियोस् भन्ने माग गरेका छन्।

लेकसाइड छेउको हल्लनचोकमा विमला ओझाको एकतले घर छ। उक्त घर तालकै मापदण्डभित्र परेको देखिएपछि उनी चिन्तामा छिन्।

उनी भन्छिन्, ‘हामीले जग्गा मिचेका छैनौं। मिचेको भए पनि यसरी उठिबास लगाउन पाइँदैन। हामीलाई मुआब्जा दिनुपर्‍यो।’ 

तालको मापदण्डभित्र ओझासहित ५९ जनाको घर तथा अन्य संरचना रहेको तत्कालीन पोखरा उपमहानगरपालिकाका इञ्जिनियर महेन्द्र गोदार नेतृत्वको टोलीले गरेको अध्ययन प्रतिवेदनले देखाएको छ। ताल किनारमा जग्गा र भवन मात्र नभई होटल पनि खुलेकाले सबैलाई एउटै कानुनको दायरामा ल्याउनुपर्ने उनको माग छ।

यो पनि पढ्नुहोस्- फेवाताल संरक्षणको मुद्दाले तीन दशकपछि सार्थकता पाउँदै, फिर्ता होला त ताल मिच्ने यी व्यक्तिका जग्गा? (नामसहित)

मापदण्ड विपरीत घर तथा अन्य संरचना बनाएर बसिरहेकाहरु सर्वोच्चको आदेशले उठिबास लाग्ने स्थिति आएपछि विकल्पको खोजीमा छन्। वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गा मापदण्ड मिचेर बनाएको भन्दै सरकारले तथ्यांक निकाल्दैमा आफूहरु मान्न तयार नरहेको उनीहरु बताउँछन्। 

प्रक्रिया राम्ररी अपनाएर मात्र पोखरा महानगरपालिका र सरकारले निर्णय लिनुपर्ने उनीहरु सुझाव दिन्छन्। उचित मुआब्जाबिना जग्गा नछाड्ने उनीहरुको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

पहिले पर्यटकलाई पैदल मार्ग बनाउने भनेर जग्गाको माटो फालिदिएको र अहिले तालभित्रको जग्गा पनि अतिक्रमण गरेको आरोप लगाइएको हल्लनचोक निवासी नवीन बरालले बताए। 

‘माओवादी सरकारको पालामा पर्यटकलाई हिँड्न सजिलोे हुन्छ, माथि कटेज बनाएर व्यवसाय गर्न पनि सकिन्छ भनेर भनेर माटो फालिदिए’, उनले भने, ‘अहिले हाम्रो उठिबास लगाउन खोजिएको छ।’

सरकारलाई जग्गाको कर पनि तिर्दै आएको बताउँदै बरालले अहिले सुकुम्बासी बनाउन खोजिएको गुनासो गरे। 

‘सरकारलाई कर पनि तिरेकै छौं। हाम्रै करबाट कर्मचारी पालिएका छन्। अहिले आएर अतिक्रमण गर्‍यो भन्छ’, उनले भने।

Xtrem

Xtrem

बरालको अहिले हल्लनचोकमा ४ रोपनी जग्गा छ। उनको परिवारले १९९० देखि नै सो जग्गाको कर तिर्दै आएको उनको दाबी छ। 

‘तालको सिमाना अहिले पनि तालमै छ, त्यो जग्गा हाम्रो पुर्ख्यौली हो। सरकारले अतिक्रमण गरेको भनेर कसरी भन्न पाउँछ?’ उनले आक्रोश पोखे।

ताल मिचेर जग्गा बनाएको भन्दै सबैलाई एकैचोटि समेटेर आएको भए पनि आफू त्यसमा नपर्ने बैदाम निवासी खगराज पहारी बताउँछन्। 

उनी आक्रोश पोख्छन्, ‘यो देश सरकारकै हो, त्यो भन्दैमा जनताबारे सरकारले सोच्नु पर्दैन भन्ने होइन। जग्गा–जमिन चाहिएको भए दिन्छौं, तर तरिका यो होइन।’

फेवातालको पूर्वतर्फ चन्द्रकला पहारीको नाममा २ आना जग्गा छ। सरकारलाई जग्गा चाहिए आफू हाँसीहाँसी दिन तयार रहेको उनको भनाइ थियो। 

उनी भन्छिन्, ‘हामीले यसैबाट गुजारा चलाउँदै आएका छौं। लालपुर्जा दिइसकेपछि सरकारले २ रुपैयाँ भए पनि मुआब्जा दिनुपर्छ।’

अदालतको फैसला नै अन्तिम हो : मेयर जिसी

पोखरा लेखनाथ महानगरपालिका मेयर मानबहादुर जिसीे भने अदालतले फैसला गरिसकेकाले आफू कानुन बमोजिम अगाडि बढ्ने बताउँछन्। फेवाताललाई जोगाउने कुरामा आफू कटिबद्ध रहेको उनले बताए। 

‘अदालतले फैसला गरिसकेको छ। फैसला पढेर त्यस अनुसार काम थाल्छौं’, उनले भने, ‘अतिक्रमण गरेर निर्माण भएका संरचना भत्काउन र ताल संरक्षणका लागि हामीले अदालतको आदेशभन्दा पहिले नै निर्णय गरेका थियौं।’

महानगरका इञ्जिनियर महेन्द्र गोदारले अदालतको फैसला अनुसार नै महानगर अगाडि बढ्ने बताए। 

‘अदालतको आदेश अनुसार नगरपालिका जाने हो। मेयर सा’बको आदेश अनुसार नै चाँडै कार्यन्वयनमा जान्छौं’, उनले थपे, ‘आदेश आइसकेपछि सीमांकन गरेर पक्रिया अघि बढाउँछौं।’

फेवाताल वरिपरिको जग्गा मिचेर बनाइएको जग्गा हटाउन सर्वोच्चले गत आइतबार आदेश जारी गरेको थियो आदेश अनुसार फेवातालको कुल क्षेत्रफल १२ हजार ८ सय ७४ रोपनी तोकिएको छ । फेवाताल वरिपरि ६५ मिटर क्षेत्रसम्म कुनै पनि संरचना नबनाउन आदेश जारी गरिएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०७५  ०९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ बिहीबार, असोज १५, २०८३
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी बिहीबार, असोज १५, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति बिहीबार, असोज १५, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्