काठमाडौं- टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले काठमाडौंको सानो भर्याङमा सुविधा सम्पन्न सोरुम संचालनमा ल्याएको छ। जगदम्बा इन्जिनियरिङ नामक सोरुम संचालनमा ल्याएका हो।
उक्त सोरुमबाट मोटरसाइकलको बिक्री कम्पनीका भाइस प्रेसिडेन्ट दिपककुमार अग्राववले गरेका हुन्। उक्त सोरुमको आधिकारिक उद्घाटन भने आगामी कार्तिक १ गते घटस्थापनाको दिन हुनेछ।
कम्पनीले आफ्नो सेवा विस्तार गर्ने क्रममा नयाँ सुविधा सम्पन्न सोरुम संचालनमा ल्याएको हो। उक्त सोरुमबाट बिक्रीपछिको सर्भिस सुविधा समेत ग्राहकले पाउनेछन्।
नयाँ मोडल सार्वजनिक
अपाचे आरटिआर १६० फोर भीमा एबिएस र स्मार्ट कनेक्ट फिचर थप गर्दै कम्पनीले सार्वजनिक गरेको छ। टिभिएस अपाचे आरटिआर १६० फोर भी नेपालमा निकै सफल मोडलको रुपमा बिक्री वितरण हुँदै आएको छ। यसअघि सिंगल डिस्क र डबल डिस्क भेरियन्टमा बिक्री गर्दै आएकोमा अब भने स्मार्ट कनेक्ट र एबिएस थप भएर आएको हो।
योसँगै विभिन्न ५ भेरियन्टमा अपाचे आरटिआर १६० फोर भी ग्राहकले खरिद गर्न सक्नेछन्।
नयाँ मोटरसाइकल सार्वजनिक गर्दै अग्रवालले ग्राहकको चाहना र बजेटअनुसारको मोटरसाइकल ल्याएकाे बताए। एउटै मोटरसाइकलमा २ लाख ७३ हजारदेखि ३ लाख ६ हजारसम्मको रेञ्जमा यी मोटरसाइकल उपलब्ध हुने छन्। यसले ग्राहकलाई आफ्नो बजेट, आवश्यकता र फिचर अनुसारको मोडल छनोट गर्न सहयोग पुग्नेछ।
१६० फोर भीमा १५९.७ सिसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ। यसमा रहेको इन्जिनले १६.५ पिएस पावर ८००० आरपिएममा र १४.८ एनएम टर्क ६५०० आरपिएममा उत्पादन गर्छ। पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियरबक्स रहेको छ। आफ्नो रेसिंग विरासतलाई कायम राख्नको लागि टिभिएस अपाचे आरटिआर १६० फोर भी ‘पावर टु वेट रेसियो’मा टप स्पीड ११३ किलोमिटर प्रतिघण्टा रहेको छ। जसले आश्चर्यजनक रुपमा ०.६० किलोमिटर प्रतिघण्टाको रफ्तार मात्र ४.७३ सेकेन्डमा पुरा गर्छ।
स्मार्ट कनेक्ट फिचरको प्रयोग
चालकले आफ्नो मोवाइलमा एप मार्फत मोटरसाइकलको कन्सोलसँग कनेक्ट गर्न सक्नेछन्। यसमा एलसिडी डिस्प्ले प्रयोग भएकाले मोवाइलमा हुने कल तथा एसएमएस गतिविधि यहाँ हेर्न सकिनेछ। कन्सोलमा रहेको ओडो मिटरमा ट्रिप १ र ट्रिप २ मिटर मोड उपलब्ध रहने छ। त्यस्तै यसमा टाइम ल्याप मिटर पनि रहेको छ। यो विशेषत रेसिङ ट्रयाकमा प्रयोग हुने फिचर हो।
साथै, चालकले यसमा टप स्पीड मोडको प्रयोगबाट आफ्नो उच्चगति रेकर्ड गर्न सक्नेछन्। चालकले कुनै पनि समय आफ्नो पहिलेको टप स्पीड रेकर्ड ब्रेक गरेको खण्डमा मोटरसाइकल रोकिदा उक्त टप स्पीड डिस्प्लेमा देखिने छ।
यसका अलावा कम्पनीले यसमा ०–६० रेकर्ड इन्डिकेटर दिएको छ। उक्त इन्डिकेटरले ० देखि ६० को स्पीड कति समयमा पुग्यो भन्ने रेकर्ड गर्छ।
त्यसैगरी नयाँ आरटिआर १६० फोर भीमा गियर इन्डिकेटर, लो फ्युल वार्निङ, क्लक, आरपिएम अर्लट, एबिएस इन्डिकेटर जस्ता विशेषता रहेको छ।
यसका अलावा यसमा लिन एंगल, ट्रिप मोड, सर्ट राइड मोड, टर्न वाइ टर्न नेभिगेशन, कल अर्लट मोड उपलब्ध रहेको छ।
यस्तो छ मूल्य
सिंगल डिस्क भेरियन्टको मूल्य २ लाख ७२ हजार ९०० रुपैयाँ रहेको थियो भने नयाँ सार्वजनिक भएको एबिएस र स्मार्ट कनेक्ट सहितको आरटिआर १६० फोर भिको मूल्य ३ लाख ५ हजार ९०० रुपैयाँ कायम गरिएको छ।
त्यसैगरी नयाँ सार्वजनिक भएको कनेक्ट फिचर मात्र उपलब्ध मोटरसाइकलको मूल्य २ लाख ९४ हजार ९०० रुपैयाँ र सिंगल डिस्क कनेक्ट फिचरसहितको मूल्य २ लाख ७४ हजार ९०० रुपैयाँ रहेको छ। यसअघि बिक्री हुँदै आएको डबल डिस्क भेरियन्टको मूल्य भने २ लाख ९० हजार ९०० रुपैयाँ तोकिएको छ ।
जगदम्बा मोटर्स प्रालिको देशभर रहेका १०० भन्दा बढी सेल्स, सर्भिस र स्पेर्यर पार्टसको सेवा दिने सेन्टरहरुबाट नयाँ मोटरसाइकल सोमबारबाटै बिक्री सुरू भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।