एजेन्सी–विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ३ करोड ७३ लाख नाघेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ३ करोड ७३ लाख ७९ हजार ३ सय २० पुगेको हो। हालसम्म कोरोना संक्रमणबाट १० लाख ७५ हजार ५ सय १७ जनाको मृत्यु भइसकेको छ भने २ करोड ५९ लाख ८९ हजार ४ सय ४४ जना निको भइसकेका छन्।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ७७ लाख ६० ह जार ५ सय ९३ पुगेको छ भने २ लाख १४ हजार ७ सय ६५ जनाको मृत्यु भइसकेको छ । यस्तै, भारतमा ७० लाख ५३ हजार ८ सय ६ संक्रमित र १ लाख ८ हजार ३ सय ३४ को मृत्यु, ब्राजिलमा ५० लाख ८२ हजार ६ सय ३७ संक्रमित र १ लाख ५० हजार १ सय ९८ जनाको मृत्यु तथा रुसमा १२ लाख ९१ हजार ६ सय ८७ संक्रमित र २२ हजार ४ सय ७१ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।