काठमाडौं- प्रभु बैंकले सल्यानको शारदा नगरपालिका वडा नं १ स्थित श्रीनगरमा शाखा विस्तार गरेको छ। शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले शाखाको उद्घाटन गरेका हुन्।
बैंकको यो दुई सय नवौँ शाखा हो। बैंकले गुणस्तरीय र अत्याधुनिक वित्तीय सेवा प्रदानमा प्रतिबद्ब रहेको र शारदा नगरपालिकाका स्थानीय बासिन्दाले गुणस्तरीय सेवा प्राप्त गर्ने जनाएको छ।
श्रीनगर क्षेत्रको समग्र आर्थिक विकासमा बैंकको योगदान रहने पनि बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।