काठमाडौं- चिनियाँ भुक्तानी सेवा प्रदायक विच्याट औपचारिकरूपमा नेपाली बैंकिङ क्षेत्रसँग आवद्ध भएको छ। एनएमबी बैंक र चीनको टेन्सेन्ट होल्डिङ्सबीच विच्याटमार्फत भुक्तानी गर्न सकिने समझदारीपत्रमा हस्ताक्षर भएको हो।
समझदारीअनुसार एनएमबी बैंक विच्याटको नेपालस्थित आधिकारिक साझेदार हुनेछ। संसारभर १ अर्ब १७ करोडभन्दा धेरैले विच्याट चलाउने गरेको विज्ञप्तिमा जनाइएको छ।
चिनियाँ पर्यटकका लागि सहज सुविधा दिन पनि यो समझदारी गरिएको एनएमबी बैंकले जनाएको छ। यसबाट चिनियाँ पर्यटकले सामना गरेको मुद्रा सटहीको समस्या पनि हल हुने बैंकको विश्वास छ।
'एनएमबि बैंक र टेन्सेन्ट होल्डिंग्सका बीचमा भएको यस साझेदारीले नेपाल भ्रमण गर्ने पर्यटकहरूलाई भुक्तानीका सहज तथा सरल प्रणाली उपलब्ध गराउँन विविध विकल्पहरूको खोजी गर्न अन्य धेरैको लागि ढोका खोल्नेछ भन्ने कुरामा यस बैंक विश्वस्त रहेको छ,' बैंङ्कको विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।