काठमाडौं- डाट्सन रेडी गो फेसलिफ्ट नेपालमा सार्वजनिक भएको छ। रेडी गो फेसलिफ्ट मोडल १.० लिटर इन्जिनमा नेपाल आएको हो। ड्याटसनको नेपालको लागि आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले दसैंतिहारलाई लक्षित गरेर नयाँ कारको बिक्री थालेको हो।
कम्पनीले नयाँ रेडी गोको मूल्य २३ लाख ९९ हजार रुपैयाँ तोकको छ। साथै, कम्पनीले यसमा विशेष छुटको अफर समेत ल्याएको छ। सुरुवाती ५० ग्राहकलाई ७५ हजार नगद छुट दिने योजना कम्पनीको छ। कम्पनीले डाट्सन रेडी गोमा ३ वर्षको वारेन्टी र ३ वर्षकै निःशुल्क सर्भिस अफर पनि गरेको छ।
नयाँ रेडी गो पहिलेको तुलना स्पोर्टी र नयाँ फिचर थप भएर आएको छ। यसको ग्रिलसँगै एल सेपमा डिआरएलएस दिइएको छ। स्किड हेडल्याम्पलाई सिल्भर कलरले सजाइएको छ। एलइडी फगल्याम्प, १४ इन्चको अलोय ह्वील, डुअल टोन कलर अप्सन, एलइडी सिग्नेचर टेलल्याम्पजस्ता विशेषताले कारलाई आकर्षक बनाएको छ।
रेडी गो फेसलिफ्ट सेग्मेन्टमा सबैभन्दा बढी ग्राउण्ड क्लियरेन्स भएको कार हो। यसमा १८७ एमएम ग्राउन्ड क्लियरेन्स छ। यसमा ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम छ। कम्पनीले यसमा क्र्यास रेसिस्टेड बडी स्चक्चर दिएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।