काठमाडौं- गल्फ लुब्रिकेन्टले नेपाल अटो मेकानिक्स व्यवासायी संघलाई एक हजार लिटर सोडियम क्लोराइड सहयोग गरेको छ। लुब्रिकेन्टले संघलाई ५ लिटर प्याकका २ सय थान सोडियम क्लोराइड सहयोग गरेको जानकारी दिएको हो।
कोरोना भाइरसको संक्रमण फैलन नदिन सरसफाइमा ध्यान दिनुपर्ने भएकाले अटो वर्कसप सफा राख्न सहयोग होस् भन्ने उद्देश्यले सो सहयोग गरिएको लुब्रिकेन्टले जानकारी दिएको छ। यसका साथै दुई लिटरको स्प्रे पम्प पनि संघलाई हस्तान्तरण गरिएको छ।
आइतबार लुब्रिकेन्टका डिजिएम दिवाकर मिश्रा र मार्केटिङ हेड रूपेश वाग्लेले संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेलाई सो सहयोग हस्तान्तरण गरेका हुन्।
यो सहयोगबाट अटो वर्कसपहरु केही हदसम्म सुरक्षित हुने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।