• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

युरिक एसिड बढ्ने कारण र कम गर्ने उपाय के के हुन्?

प्रा डा अर्जुनदेव भट्ट आइतबार, असोज २५, २०७७  १३:२१
1140x725

युरिक एसिड रगतमा पाईने एउटा महत्वपूर्ण पदार्थ हो। तर जुनसुकै कारणले भए पनि युरिक एसिडको स्तर सामान्य अवस्थाको भन्दा उच्च भएका खण्डमा यो पदार्थले शरीरमा बिभिन्न खालको समस्या उत्पन्न गर्न सक्दछ।

त्यसैले हाम्रो शरीरको निम्ति युरिक एसिडको स्तर कतिसम्म खतरनाक हुँदैन र कति बढी भएको अवस्थामा हामीले युरिक एसिडको स्तरलाई नबढ्ने गरिकन नियन्त्रण गर्नु अनिवार्य हुन्छ भन्ने जान्नु आवश्यक छ। युरिक एसिडको कुन स्तर उच्च भनेर लिनु पर्दछ ?

पुरुष र महिलामा युरिक एसिडको सामान्य स्तर भिन्न हुन्छ। ३ सय ६० माईक्रो मोल प्रतिलिटर वा ६ मिलिग्राम प्रतिमिलिलिटर सम्मको स्तर युरिक एसिडको भए महिलामा सामान्य मानिन्छ र तर यो भन्दा बढी भए त्यसबाट स्वास्थ्यमा नराम्रो असर पर्न सक्ने हुन्छ।

पुरुषमा भने यो स्तर ४ सय माईक्रोमोल वा ६ दशमलव ८ मिलिग्रामसम्म पनि सामान्य नै मानिन्छ। उल्लेखित स्तर भन्दा बढी मात्रामा रगतमा युरिक एसिड पाईएमा त्यस्तो अवस्थालाई ध्यानपूर्वक अध्ययन गरेर उक्त पदार्थको स्तर सामान्य राख्न के गर्नुपर्ला त्यस बारे चनाखो भएर चिकित्सकको सल्लाह बमोजिम गर्नु पर्दछ।

युरिक एसिड बढ्ने कारण

थुप्रै कारणले शरीरमा युरिक एसिडको स्तर बढ्ने गर्न सक्छ। त्यस मध्ये वंशानुगत कारण देखि उच्च रक्तचाप, मोटोपन, अनियन्त्रित खानपान, रक्सीको सेवन, पिसाब बढी लगाउने औषधिको प्रयोग जस्ता थुप्रै कारणले असर पर्न सक्दछ। मदिराको सेवन प्राय धेरैले गर्ने र ती व्यक्तिहरुमा उच्च रक्तचाप, मोटोपन, पिसाब गराउने औषधिको सेवन गर्नु पर्ने बाध्यता जस्ता विभिन्न समस्या एकैपल्ट देखा पर्नसक्ने भएकोले त्यस्ता व्यक्तिहरुले उच्च सतर्कता नअपनाएका खण्डमा युरिक एसिडको स्तर बढेर त्यसबाट हुनसक्ने स्वास्थ्यका लागि सबै नकारात्मक प्रभाव ब्यहोर्नु पर्ने अनिवार्य हुन्छ।

विभिन्न अध्ययनले शरीरमा यूरिक एसिडको मात्रा बढी हुनुका कारण फरक–फरक देखाएका छन्। पहिलो हो युरिक एसिड सामान्य भन्दा बढी शरीरमा उत्पादन हुनु। दोस्रो, मृगौलाबाट पिसाब भएर शरीरबाट निस्कनु पर्ने मात्रामा कमी हुनु र फलस्वरुप रगतमा युरिक एसिडको स्तर उच्च हुनु।

तेस्रो, मिश्रित कारण भनेको भोजनमा युरिक एसिड बन्ने कुरोको औधी सेवन गर्नु, रक्सीको सेवन धेरै गर्नु, लामो समयसम्म भोको बस्नु हो। यो अवस्थामा एकैपल्ट दुईवटा कुराले युरिक एसिडको स्तर रगतमा उच्च पार्न ठूलो सहयोग पुर्‍याउछ। त्यो हो युरिक एसिडको शरीरमा उत्पादन प्रचुर मात्रामा पनि हुनु र साथै मृगौलाले सामान्य अवस्थामा पिसाव भएर निष्कासन गर्नु पर्ने युरिक एसिडको पनि मात्रामा ह्रास आउनु। फलस्वरुप रगतमा युरिक एसिडको स्तर बढ्ने गर्दछ।

Ncell 2
Ncell 2
nimb
nimb

भोको अवस्थामा मृगौलाबाट  ‘किटोन’ भन्ने पदार्थ निष्कासन हुन थाले त्यसले युरिक एसिडको निष्कासनमा ज्यादै बाधा पुर्‍याएर रगतमा युरिक एसिडको स्तर उच्च गर्दछ। रक्सी, खास गरेर बियरले, शरीरमा पानीको अभाव गरेर युरिक एसिडको मात्रा बढाउँछ।

युरिक एसिड कम गर्ने तरिका

युरिक एसिड रगतमा सँधै हुने पदार्थ भए पनि त्यसको स्तर बढ्न नदिन विभिन्न उपाय अपनाउनु पर्ने हुन्छ। युरिक एसिडको स्तर ज्यादै रहेमा जोर्नी दुख्नेदेखि लिएर मृगौलाको कार्यक्षमतामा ह्रास आएर ज्यान जोखिममा पर्न सक्छ। त्यसैले युरिक एसिडको रक्तस्तर न्यून राख्ने प्रयत्न अपनाउनु पर्ने हुन्छ। त्यसो भएका खण्डमा युरिक एसिड छालामा केन्द्रीत भएर रहने, जोर्नी तथा अरु तन्तुहरुमा युरिक एसिडका मणिहरु थिग्रेर गर्ने खराबी र पीडा तथा मृगौलाका फिल्टरहरुलाई नष्ट गर्न सक्ने अवस्थाबाट शरीरलाई बचाउन सकिन्छ।

युरिक एसिड उपचारको मुख्य उद्धेश्य रगतमा ६ मिलिग्राम भन्दा तल्लो स्तरमा युरिक एसिडलाई सन्तुलनमा राख्नु हो। त्यसो गर्नाले बिरामीको जोर्नी वा शरीरका विभिन्न भागमा युरिक एसिडका मणिहरु थिग्रिन पाउँदैनन्। पिसाबको अमिलोपना घटाएर पनि मृगौलाबाट बढी मात्रामा युरिक एसिड निष्कासन गर्न सकिन्छ। पिसाबलाई बढी पातलो पार्दै पनि शरीरबाट बढी युरिक एसिड निष्कासन गर्न सकिन्छ।

Xtrem

Xtrem

त्यसको निम्ती झोल पदार्थ तथा पानी बढी पिउनु पर्दछ। युरिक एसिडको स्तर रगतमा उच्च हुनेले खानामा माछा–मासु एकदमै घटाउने, मदिरा पिउनबाट आफूलाई संयम गर्ने र शरीरको तौल आफ्नो उचाई मिल्दोजुल्दो मात्र राख्नुपर्छ। मोटोपन, रक्सीको सेवन र बढी माछा मासुको भोजनबाट टाढा रहनु युरिक एसिडले निम्ताउने समस्याबाट टाढा हुनु हो।

प्रकाशित मिति: आइतबार, असोज २५, २०७७  १३:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्