• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, फागुन ११, २०८२ Mon, Feb 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

नेपालमा कत्तिको छ कोरोना पुनः संक्रमणको सम्भावना ?

प्रा.डा. अरूण सेढाईं आइतबार, असोज २५, २०७७  ०७:१०
1140x725

संसारभर महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमणले नेपाललाई पनि अछुतो राखेको छैन। पछिल्लो समय दैनिक पाँच हजारकाे दरमा नयाँ संक्रमितको संख्या बढ्दै गरेको छ। अधिकांश अस्पतालहरुमा कोभिडका बिरामीका लागि भनेर छुट्टाइएका बेड पूर्ण रुपमै भरिएका छन्। अस्पतालका आइसीयु र भेन्टिलेटरहरु खाली नभएका सूचना आइरहेका छन्।

यसरी एकातिर नयाँ बिरामीको संख्या बढ्दै रहेको अवस्था छ भने अर्कोतिर एकपटक कोरोनाको संक्रमण भएर निको भइसकेका व्यक्तिमा पुनः संक्रमण हुनसक्ने सम्भावना पनि उत्तिकै रहेको छ र आगामी दिनमा यसले अरु बढी चुनौती थप्दै जाने छ भन्ने कुरा निर्विवाद छ। यसै परिप्रेक्ष्यमा यस आलेखमा कोरोनाको पुनः संक्रमणका बारेमा थोरै चर्चा गर्ने जमर्को गरिएको छ।

विश्वमा कोरोना संक्रमणको अवस्था कस्तो छ?
हालसम्म रुस, बेलायत, बेल्जियम, नेदरल्यान्ड्स, अमेरिका र कोरियालगायतका मुलुकहरूमा कोरोनाको दोहोरिएर हुने पुनः संक्रमणका घटनाहरू प्रकाशमा आएका छन्। तर हालसम्मको सबैभन्दा आधिकारिक र भरपर्दो रिपोर्ट गत अगस्ट २५ मा 'क्लिनिकल इन्फेक्सियस डिजिजेज' नामको जर्नलमा प्रकाशित भएको थियो, जसमा हङकङ निवासी एकपटक कोरोना लागेर निको भइसकेका एक व्यक्तिमा १४२ दिनपछि पुनः संक्रमण भएको भेटियो।

भाइरसको अनुवांशिक अध्ययन गरी हेर्दा पुनः संक्रमणमा भेटिएको कोरोना पहिलो संक्रमणमा भेटिएको कोरोना भाइरसभन्दा फरक प्रकृतिको पाइयो। यसलाई नै कोरोनाको पुनः संक्रमणसँग सम्बन्धित अहिलेसम्मको सबैभन्दा आधिकारिक घटनाका रुपमा मानिएको छ।

कोरोनाको पुनः संक्रमण किन र कसरी हुन्छ?
कोरोनाको पुनः संक्रमणका बारेमा चर्चा गर्नु पर्दा हाम्रो शरीरमा हुने प्रतिरक्षा प्रणालीसँग सम्बन्धित तीनवटा पक्षको बारेमा प्रष्ट गर्नुपर्ने जरुरी देखिन्छ।

१) एन्टिजेन-ब्याक्टेरिया वा भाइरसको बाहिरी तहमा एक प्रकारको प्रोटिनजन्य पदार्थ हो, जसले प्राणी र मानिसको शरीरमा प्रवेश गरेर रोग लगाउन सक्ने गुण बोकेको हुन्छ।

२) एन्टिबडी-यो हाम्रो शरीरमा हुने सेतो रक्त कोषले बनाउने प्रोटिनजन्य पदार्थ हो, जसले कुनै पनि जीवाणुको संक्रमणका विरुद्ध सक्रिय भएर जीउमा रोगप्रतिरोधी क्षमताको विकास गरेर ज्यान बचाउने काम गर्दछ।  यी एन्टिबडीहरु मुख्य रुपमा दुई प्रकारका हुन्छन्-
क) आइजिएम एन्टिबडी-कुनै पनि संक्रमणको केही घन्टादेखि केही दिनभित्रमा नै बन्न थाल्दछ र ७ देखि १४ दिनभित्रमा निष्क्रिय बन्न थाल्छ।
ख) आइजिजि एन्टिबडी- संक्रमणको हप्तादिन जति पछाडि यो खालको एन्टिबडी बन्न थाल्छ र कुनै-कुनै संक्रमणमा जिन्दगीभरि रगतमा रहिरहन सक्छ र यसैको मात्राको आधारमा कति समयसम्म पुनः संक्रमणको जोखिम रहन्छ भन्ने कुराको अनुमान गर्न सकिन्छ।

३)स्मृति कोष- एकपटक भाइरस वा ब्याक्टेरियाको संक्रमण भइसकेपछि शरीरले बनाएको जीवाणु प्रतिरोधी कोषहरू लामो समयसम्म सक्रिय रहन नसके पनि मानव शरीरमा त्यो संक्रमण गराउने जीवाणुहरुलाई स्मरण गरिराख्ने प्रणाली विकास भएको हुन्छ। पुनः त्यहीँ वा त्यस्तै खालका जिवाणुले आक्रमण गर्न खोजेको खण्डमा प्रतिरोधी क्षमतालाई सक्रिय बनाई शरीरलाई संक्रमणबाट बचाउने काम गर्दछन्।

Ncell 2
Ncell 2

कोरोना संक्रमणको पुनः संक्रमणका लागि रोग प्रतिरोधी क्षमतासम्बन्धी निम्नलिखित मुख्य  कारक तत्वहरुले प्रभाव पार्न सक्दछ- 

१) ब्यक्तिको शरीरमा यथेष्ट रोगप्रतिरोधी क्षमताको विकास नहुनु वा विकसित भएका एन्टिबडीहरु निकै छिटो निष्क्रिय हुनु।

२) कोरोनाको स्वरुपमा छिटोछिटो अनुवांशिक परिवर्तन हुन जानु, जसलाई पहिलो संक्रमणको क्रममा शरीरमा बनेको प्रतिरक्षा प्रणालीले पहिचान गरेर निष्क्रिय पार्न नसक्नु।

३) यथेष्ठ मात्रामा स्मृति कोषहरुको विकास हुन नसक्नु, जसले गर्दा कोरोनाको भाइरसले पुनः आक्रमणको क्रममा जिउले पहिचान गर्न नसक्नु।

लक्षण नभएका कोरोनाका बिरामीहरुमा ज्यादै नगन्य मात्रामा एन्टिबडीको विकास हुने र लक्षण भएका व्यक्तिहरुमा एन्टिबडीको प्रचुर निर्माण भएको भेटिन्छ। यस अनुसार सुरुकाे संक्रमणमा लक्षण नभएका कोरोना संक्रमितलाई कोरोनाको पुनः संक्रमण हुनसक्ने अति प्रबल सम्भावना देखिन्छ।
 
प्रतिरक्षा प्रणाली र भ्याक्सिनको कस्तो सम्बन्ध हुन्छ?
भ्याक्सिनको निर्माण कुनै पनि निष्कृय पारिएका वा मरेका जीवाणु अथवा उनीहरुले उत्पन्न गर्ने विषाक्त पदार्थ, जसलाई टक्सिन भनिन्छ, बाट गरिएको हुन्छ। प्रोटिनजन्य एन्टिजेनिक पदार्थलाई शरीरमा प्रवेश गराएपछि कुनै उल्लेखनीय संक्रमण र लक्षणविना नै शरीरकाे प्रतिरोधात्मक क्षमतालाई सक्रिय बनाउँछ। भविष्यमा कुनै त्यस्तै प्रकारको किटाणुले संक्रमण गर्न खोजेको खण्डमा शरीरमा विकसित भएको प्रतिरोधात्मक क्षमताले संक्रमण हुन दिँदैन र शरीरलाई बचाउँछ।

भ्याक्सिन निर्माणको वास्तविक प्रभावकारिता यसले कति मात्रामा प्रतिरोधात्मक क्षमताको विकास गराउँछ र त्यो क्षमता कति लामो समयसम्म सक्रिय रहन्छ भन्ने प्रक्रियाले निर्धारित गरेको हुन्छ। एकातिर अहिले प्रारम्भिक परीक्षण क्रममा रहेका कोरोनाविरुद्धका सयौं प्रकारका भ्याक्सिन हरुको प्रभावकारिता कस्तो हुन्छ भन्ने कुरा रहस्यकै गर्भमा नै रहेको छ भने अर्कोतर्फ यसरी उत्पादित हुने भ्याक्सिनहरुको सर्वसुलभ र सहज वितरण र आम जनमानसको पहुँचमा कतिको पुर्‍याउन सकिन्छ भन्ने चुनौती टड्कारो रहने नै छ। साथै कोरोना संक्रमणबाट बचाउने प्रतिरोधात्मक क्षमतालाई बचाइराख्नका निमित्त कति अन्तरालमा भ्याक्सिन दिनुपर्छ भन्ने कुराको निर्क्यौल पनि भइसकेको छैन

नेपालमा कोरोनाको पुनः संक्रमणको अवस्था कस्तो छ?
नेपालको हकमा हामी कोरोना संक्रमणको पहिलो चरणको अवस्थामा नै छौँ र यो क्रम बढ्दै गएको छ। पहिलो पटकको रोगबाट निको भइसक्नु भएका अधिकांश व्यक्तिहरुले पहिलो पटकको संक्रमण निको भइसकेपछि पुनः संक्रमणका लागि आवश्यक पर्ने यथेष्ट समय व्यतित गरिसक्नुभएको छैन।

त्यसकारण आजकै अवस्थामा पुनः संक्रमणका घटना भइहाल्ने बेला भइसकेको छैन। तर अन्य देशका अनुभवका आधारमा कोरोना भाइरसको पुनः संक्रमण हुन सक्ने सम्भावना उत्तिकै रहेकाले रोग नियन्त्रणका सवालमा यसले अर्को चुनौती खडा गर्न सक्ने सम्भावनालाई हृदयांगम गर्दै आम जनमानस र सम्बन्धित निकाय चनाखो भएर अगाडि बढ्नु पर्ने देखिन्छ। 
(प्राध्यापक, चितवन मेडिकल कलेज)

प्रकाशित मिति: आइतबार, असोज २५, २०७७  ०७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कसैले बुथ कब्जा गर्छु भन्ने कल्पना नगरे हुन्छ : ओली
पुनर्मिलनको पर्खाइमा पाकिस्तानी बङ्गाली
कांग्रेस महामन्त्री पौडेलले सार्वजनिक गरे १४ बुँदे प्रतिज्ञा पत्र (पूर्णपाठ)
सम्बन्धित सामग्री
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... शनिबार, माघ २४, २०८२
आर्थिक चिन्ता र खाद्य असुरक्षाले चाँडै कमजोर बनाउन सक्छ मुटु : नयाँ अध्ययन आर्थिक चिन्ता र खाद्य असुरक्षाले मुटुलाई परम्परागत जोखिम कारकहरूभन्दा पनि छिटो कमजोर बनाउने सक्ने तथ्य नयाँ अध्ययनले देखाएको छ। मायो... मंगलबार, माघ १३, २०८२
ताजा समाचारसबै
कसैले बुथ कब्जा गर्छु भन्ने कल्पना नगरे हुन्छ : ओली सोमबार, फागुन ११, २०८२
पुनर्मिलनको पर्खाइमा पाकिस्तानी बङ्गाली सोमबार, फागुन ११, २०८२
कांग्रेस महामन्त्री पौडेलले सार्वजनिक गरे १४ बुँदे प्रतिज्ञा पत्र (पूर्णपाठ) सोमबार, फागुन ११, २०८२
गृहमन्त्री अर्याल र नेपालको लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजकबीच भेटवार्ता सोमबार, फागुन ११, २०८२
नेपाली कांग्रेसका ३३ जनाको सामूहिक राजीनामा, निर्वाचनअघि पार्टीलाई धक्का सोमबार, फागुन ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा आइतबार, फागुन १०, २०८२
धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते सोमबार, फागुन ११, २०८२
नेपाली कांग्रेसका ३३ जनाको सामूहिक राजीनामा, निर्वाचनअघि पार्टीलाई धक्का सोमबार, फागुन ११, २०८२
टी–२० विश्वकप: भारतमाथि दक्षिण अफ्रिकाको शानदार जित सोमबार, फागुन ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा आइतबार, फागुन १०, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्