• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

कोरोना कहर [कथा]

उर्बी शनिबार, असोज २४, २०७७  १६:५६
1140x725

मैले घाँटीमा बाँधिरहेको ऊनीको न्यानो गलबन्दी फुकाएर एउटा छेउलाई सुर्केनी बनाएर कसेर बाँधें। अनि, टाइ भिरेको जस्तो घाँटीमा भिरें। टेबलसँगै भएको काठको कुर्चीलाई बोकेर कोठाको बीचमा ल्याएँ। कुर्चीको दुईतिर समातेर थिच्दै हल्का हल्लाएर कुर्ची राम्रोसँग अडिएको निश्चित भएपछि त्यो कुर्ची माथि चढें।

गलबन्दीको अर्को छेउ सिलिंगको पंखामा बाँध्न खोजें। अलिक छोटो भयो। कुर्चीबाट झरेर ह्यांगरमा झुन्डिएको अर्को गलबन्दीको छेउलाई घाँटीमा झुन्डिएको गलबन्दीको छेउसँग बलियोसँग बाँधें। गाँठो नफुत्कियोस् भनेर बलियोसँग दुई छेउ समातेर तानेँ। अनि फेरि कोठाको बिच्चमा ठिंग अडिएको कुर्चीमाथि चढें।

अहिले गलबन्धीको छेउ सिलिंगमा बाँध्न मिल्ने भयो। गलबन्दीको छेउ सिलिंगमा बलियोसँग कसेर लामो सास तानें। यो ३० वर्षे जीवनकालमा भोगेका सबै दुःख, सबै धोका, सबै समस्याबाट यति सजिलै पार पाउन लागेकोमा आँफ्नै काँधमा हल्का धाप दिएँ।

सबैलाइ मनमनै 'बाईबाई' भनेर कुर्चीको पछाडीको भागलाई लात्ताले हान्न खुट्टा उठाएको बेलामा कता कताबाट छोरीले 'बाबाबाबा' भन्दै आत्तिँदै कराएको सुनेँ। म अत्तालिँए, कुर्ची ढल्यो, म भुइँमा पछारिएँ।

जर्‍याजुरुक उठेर घाँटी छाम्दा, घाँटीमा गलबन्दी थिएन। अलि अँध्यारै भए पनि म कोठाको बिचमा पछारिएको नभएर खाटकै छेउमा पछारिएको थिएँ, काठको कुर्ची निस्फिक्री टेवलमा टाँसिएर झोक्राइरहेको थियो। मैले फेरि घाँटी सुमसुम्याएँ।

000

'सँधै यसरी अर्काको पसलमा काम गरेर कसरी हुन्छ? आँफ्नै पसल खोलौं,' डेढ वर्ष अघि ह्यारीले ठ्याक्कै यसरी नै आँफ्नै पसल खोल्ने प्रस्ताव गरेको थियो।

'मलाई व्यापार फाप्दैन,' भनेर म पन्छिएको थिएँ। मैले साहुको दु:ख देखेको थिएँ, समस्या भोगेको थिएँ। लहलहैमा लागेर पसल खोलेर चुर्लुम्मै डुब्न मलाई फिटिक्कै मन थिएन।

Ncell 2
Ncell 2
nimb
nimb

'मलाई फाप्छ। मसँग पार्टनरसिपमा गरौं मजाले फाप्छ,'  उसको लाख प्रयासको बाबजुद मैले आफूसंँग भएको थोरै पैसा डुबाउने मन गरिनँ।

'मलाई आँट नै छैन। तैले शुरु गर न, म सक्दो सहयोग त गरिहाल्छु। उस्तै परे फुल टाइम पनि गरिदिउँला।'

हरिकृष्ण अर्थात ह्यारी मभन्दा आँटिलो थियो, आँटेको पूरा गरेरै छोड्थ्यो। कताकताबाट ऋण लिएर उसले आँफ्नै पसल खोलेरै छोड्यो। मैले जानेको र सकेको सहयोग गरेँ। ह्यारीले ग्राहकलाइ खुशी पार्न जानेको थियो। ग्राहकसँगै मुनाफा पनि बढ्दै गएको थियो। एकदिन ह्यारीले फोन गर्‍यो।

'सुन न, टेन्सन भयो।'

Xtrem

Xtrem

'के भयो?' 

'बूढीको डिभी पर्‍यो।'

'ए ल बधाइ छ। पार्टी दिन फोन गरेको हो?' मैले र्‍याल चुहाएँ।

'मलाइ जान नै मन छैन, पसलले बल्लबल्ल फाइदा गर्ने लक्षण देखाएको छ।'

'अब त, अमेरिका गएर उतै पसल खोल।'

'नयाँ ठाउँमा, नचिनेका मान्छे सजिलो कहाँ हुन्छ र? त्यसमाथि भर्खर जन्मेको, हुर्कंदै गरेको, तातेताते गर्दै हिँड्न शुरु गरेको पसल,' उसको बोली निराशामा चुर्लुम्मै डुबेको थियो।

'त्यस्तो मन नलागीनलागी त किन जानु पर्‍यो त?' 

'बूढी मान्दिनँ। उसको भुइँमा खुट्टा छैन। भएजति सबैलाई घरमा बोलाएर पार्टी गर्ने तयारी शुरु भैसक्यो।' 

म अवाक् भएर सुनिरहें। उसले सुनाइरह्यो, 'बूढीले त झन्, भाग्यले दिएको उपहार हात फैलाएर ग्रहण गर्नुपर्छ भन्दै मेरो कुरै सुन्दिन।'

'कुरा ठिकै त हो नि! नेपाल कतै जाने होइन। जहिलेसम्म चित्त बुझ्छ बस्ने। नबुझेको दिन फर्के भैहाल्यो नि!'

'त्यो त हो'

यति भनेर ह्यारी एकछिन सोचमग्न भयो। 

'ल अब चैं, अमेरिकन नाम भएको ह्यारी साँच्चिकै अमेरिकन हुने भो, बधाइ छ।' 

उसले मेरो पछिल्लो कुरा सुनेको नसुन्यै गरेर थप्यो, 'यो कुरा चाँहि चित्त बुझ्यो। अमेरिका गएर बस्न मन परेन भने फर्कन्छु। बूढी आउन मन गरिन भने पनि उसलाई त्यहिँ छोडेर म चाँही फर्कन्छु। तर, नफर्किन्जेल पसल के गर्नु त?' उसले आँफैले आँफैलाई प्रश्न गर्‍यो, अनि मलाइ प्रश्न गर्‍यो। श्रीमती, साहु, नातागोता सबैलाइ प्रश्न गर्‍यो। 

धेरै दिनको र लामो छलफलपछि अन्त्यमा ह्यारीले आफ्नो नासो मेरो हातमा जिम्मा लगाइदियो। उसको सबै ऋण, अनि उसले गरेको लगानी सबै मेरो थाप्लोमा ऋण बनेर थपियो आयो।

कानुनीरुपमै ऊ मेरो साथीबाट साहुमा पदोन्नति भएर अमेरिका जाने भयो। फर्केर आएपछि फेरि साथी नै रहने शर्तसहित। ऊ फेरि नेपाल फर्केर साथी भन्नेमा पूर्ण आशावादी थियो। त्यसैले सबै चलअचल सम्पतिको हिसाबकिताब गरेर मेरै थाप्लोमा ऋण बोकाएर ऊ खुशीखुशी अमेरिका उड्यो।

मैले चिनेजानेका अहिलेसम्म जति पनि फर्कन्छु भनेर अमेरिका गएका थिए, ती कोही पनि फर्केको मैले आजसम्म देखेको छैन। मेरा एक नातेदारले भन्थे, 'विकसित देशको दलदलमा फसेपछि कोही पनि निस्कन सक्दैनन्। मल्टिलेभल जालोहरु छन्, एउटाबाट फुत्के अर्कोले कक्रक्क पार्छ।'

उसलाइ छोड्न एयरपोर्ट पुग्दा मैले शंका व्यक्त गरेको थिएँ, 'तँ साच्चिंकै फर्कन्छस्?'

उसले उत्साहका साथ 'फर्कन्छु, पसल सम्हालेर राख,' भन्यो।

तर, ऊ फर्केन। अब कहिल्यै फर्कने पनि छैन। आत्मविश्वास भरिएको ह्यारीसँग त्यही नै मेरो अन्तिम वार्तालाप बन्यो। किनकि ऊ अमेरिका पुगेको केही दिनमा नै उसका बूढाबूढी दुवै बिरामी परे। बूढीले रोगलाई जितिन्, आँटिलो ह्यारीलाई रोगले।

000

सिलिङमा झुन्डिएको पंखा देख्दा पनि मन खंग्रङ्ग भो। ममा त आत्महत्या गर्ने आँट पनि छैन। महामारीको कारणले पसल बन्द छ। आँफूले लिएको तर, लिन नचाहेको ऋणले नराम्रोसँग थिचेको छ, पिसेको छ। 

कोरोना महामारीले घरलाई नै जेल बनाएको छ। प्रत्येक पल जुग बितिरहेको छ, प्रत्येक पल घाटा बढिरहेको छ। शिकारीको जाल जस्तो जति चल्मलायो त्यति कसैंदै जाने यो महामारीको गाँठो फुस्किने लक्षण नै छैन।

घरबाहिर एक दिदीले डोकोभर साग बोकेर सुस्ताइन्। आह, भर्खरै टिपेको जस्तो साग।

'कति हो दिदी?' म झ्यालबाटै कराएँ। 

'मुठाको २० रुप्पे।'

'एक छिन है म पैसा लिएर आउँछु,' टेबलबाट २० रुपैयाँको नोट उठाउँदा लाग्यो, यस्तै रहिरह्यो भने त्यही साग पनि किनेर खान सकिने छैन। ती दिदीप्रति डाह, इर्ष्या सबै एकैचोटि लाग्यो। कमसेकम उनको पसल त बन्द भएको छैन। झुत्रेझाम्रे लुगामा पनि ४०-४५ वर्षकी ती दिदीको मुहार खुलेको थियो। आखिर उनको व्यापार बन्द त भएको थिएन।

'आँफ्नै बारीको हो दिदी?'

'आँफ्नै बारीको भने पनि हुन्छ भाइ। बेखामान दाइले बिहानै कालीमाटी ल्याइपुर्‍याएका थिए।'

सम्झें, मेरा पसलका बेखमान दाइ। आँफै लकडाउनको चपेटामा जकडिएका छन्।

'दिदी, यो तरकारी व्यापार कहिलेदेखि शुरु गर्नु भो?'

'यही लकडाउनपछि शुरु गरेको। आखिर पेट त पाल्नै पर्‍यो।'

'ए ए।'

हातमा एक मुठा साग झुन्ड्याउँदै घरभित्र पस्दै गर्दा मेरो मनमा पनि एउटा आइडिया फुर्‍यो। यी सब तनावबाट मुक्त होइएला नहोइएला तर कम्तीमा दुई छाकको जोहो त होला कि? कताकता लाग्न  थाल्यो! दैवले कतै नयाँ गोरेटोमा डोहोर्‍याउन खोजेको जस्तो। मानसपटलमा कालिमाटीका बेखमान दाइ नाच्दै गर्दा म फरक्क फर्कें। फर्कंदा, ती दिदीले डोको ढाडमा बोकिसकेकी थिइन।

नाम्लो गढेको निधार तलको अनुहार काट्टीकुट्टी आँफ्नै अनुहार जस्तो लाग्यो।

दिदी डोको बोकेर पर पुग्दासम्म म टोलाइ रहेँ, अबको योजना बुन्दै।

प्रकाशित मिति: शनिबार, असोज २४, २०७७  १६:५६
  • #उर्बी
  • #कोरोना-कहर
  • #कथा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे बिहीबार, असोज १५, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बिहीबार, असोज १५, २०८३
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न बिहीबार, असोज १५, २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्