काठमाडौं–डा गोविन्द केसीको सत्याग्रहलाई विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुले समर्थन जनाएका छन्। सोही क्रममा अमेरिकामा रहेका स्वास्थ्यकर्मी, चिकित्सक, वैज्ञानिक तथा अन्य पेशामा आबद्ध नेपालीको नेतृत्वमा यही अक्टोबर ७ मा धर्ना र अनशन गरिएको छ।
डा सन्तोष सापकोटाको संयोजकत्वमा सुरु भएको यस कार्यक्रममा नेपाल, संयुक्त राज्य अमेरिका, क्यानाडा, साउदी अरब, कतार, पोल्याण्ड, जर्मनी, बेलायत, अस्ट्रेलिया तथा अन्य रास्ट्रहरुबाट २०० भन्दा बढी नागरिकले ऐक्यबद्धता जनाएका थिए।
डा केसीजस्ता निष्ठावान व्यक्तित्वको अनशनलाई बेवास्ता गर्नु एउटा सभ्य समाजले कल्पना नै गर्न नसकिने उल्लेख गर्दै उनीहरुले डा केसीको जीवन रक्षा गर्न र उनका मागप्रति अझ थप जिम्मेवार हुन सरकारलाई आग्रह गरेका छन्।
‘आधारभूत स्वास्थ्य सुविधालाई विकेन्द्रीकरण गर्दै दुर्गम गाउँका जनतालाई पनि आधारभूत स्वास्थ्य सुविधाको प्रत्याभूति होस् भन्ने केस्किो मागमा सम्पूर्ण नेपालीको पूर्ण समर्थन छ,’ उनीहरुले भनका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।