काठमाडौं- पुल्चोक र बालाजु वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा शनिबार दिनभर बत्ती काटिने भएको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रअन्तर्गत पर्ने टेकु‚ पुल्चोक र रिङरोड फिडरमा नयाँ फिडर निर्माण कार्य गर्नुपर्ने भएकाले बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म सटडाउन हुनेछ। उक्त फिडरअन्तर्गत सानेपा स्टार हस्पिटल, मेघा , नयाँँ बाटो, सिद्धार्थ कटेज, पटिपा चोक, भनिमण्डल क्षेत्रहरुका बत्ती काटिनेछ।
त्यस्तै बालाजु वितरण केन्द्रअन्तर्गत पर्ने ढुङ्गे धारा र गोलढुङगा फिडरमा रिङरोड विस्तार कार्यक्रमअन्तर्गत एच टी लाइन तथा पोल सार्ने काम भइरहेकाले बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ। यो वितरण केन्द्रअन्तर्गत ढुङगे धारा, वनस्थली, अन्नपुर्ण चोक, फुलबारी गेट, नागार्जुन, लोलाङ, जितपुर क्षेत्रलगायतका स्थानमा बत्ती काटिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।