काठमाडौं- सनराइज बैंकले काठमाडौंको नक्सालस्थित बाल मन्दिरलाई १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ। बैंकको १३औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरलाई सो रकम सहयोग गरिएको बैंकले जानकारी दिएको हो।
शुक्रबार बैंकको प्रमुख कार्यालय गैरीधारामा भएको एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्यालले नेपाल बाल संगठन, बाल मन्दिरका अध्यक्ष श्रीमती विद्या उपाध्याय न्यौपानेलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन्।
बैंकले सधैँझैँ वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई आवश्यक खाद्यसामग्री, लताकपडा आदि वितरण गर्दै आएकोमा यस वर्ष कोभिड-१९ को कठिन समयलाई मध्यनजर गदै उक्त सामग्रीहरु किन्न नगद सहयोग गरेको जानकारी दिएको छ।
बाल हेरचाह, अनाथ, पिछडिएको, द्वन्द्व प्रभावित आदि बच्चाहरूको लागि शिक्षामा केन्द्रित सो संस्थालाई आउँदा वर्षमा पनि सहयोग गर्दै जाने प्रतिबद्धता बैंकले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।