काठमाडौं–सिन्धुपाल्चोकमा हेलिकोप्टरमार्फत् शिशुसहित सुत्केरीको उद्धार गरिएको छ। हेलम्बु गाउँपालिका २ किउलकी सोनिया जोगीको उद्दार गरिएको हो।
सुत्केरी व्यथा सुरु भएपछि एम्बुलेन्समार्फत् सेनाको विष्णु दल गण मेलम्ची ल्याइएको र त्यहीँ बच्चा जन्माएकी उनलाई शिशुसहित उद्धार गरिएको हो। आमाको भन्दा पनि शिशुको अवस्था जटिल भएपछि हेलिकोप्टरमार्फत आज बिहान १० बजे काठमाडौंको थापाथलीस्थित प्रसुति गृहमा पठाइएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्चेन शेर्पाले जानकारी दिए।
मेलम्चीमै सुत्केरी भए पनि आमा र शिशु दुवैजनाको स्वास्थ्य ठीक नभएपछि काठमाडौं पठाइएको शेर्पाले बताए। यसअघि पनि गाउँपालिकाले अवस्था जटिल भएका सुत्केरीको उद्धार गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।