काठमाडौं- परराष्ट्र मन्त्रालय वरिष्ठतम सहसचिव भरतराज पौड्याल सचिव बढुवा भएका छन्। परराष्ट्र सचिवमै पदस्थापन गर्ने गरी उनलाई सचिवमा बढुवा गरिएको हो। बिहीबारको मन्त्रिपरिषदको बैठकले पौड्याललाई सचिव बढुवा गरेको हो।
परराष्ट्र मन्त्रालयका तत्कालीन सचिव शंकरदास वैरागीको अघिल्लो साता मुख्यसचिवमा बढुवा भएसँगै रिक्त स्थानमा पौड्याललाई बढुवा गरिएको हो। पौड्याल वैरागीकै सहपाठी पनि हुन्।
परराष्ट्र सेवाको वरियतामा पौड्याल पहिलो नम्बरमा थिए भने अमृतकुमार राई दोस्रो र सेवा लम्साल अधिकारी तेस्रो नम्बरमा थिए। राई अहिले संयुक्त राष्ट्र संघमा नेपालका तर्फबाट स्थायी प्रतिनिधिका रूपमा काम गरिरहेका छन् भने अधिकारी मन्त्रालयमै छिन्। उनी पाकिस्तानका लागि नेपाली राजदूतको ४ वर्षे कार्यकाल पुरा गरेर स्वदेश फर्किएकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।