काठमाडौं-काठमाडौं मेडिकल कलेजसँग सहकार्य गरेर कुमारी बैंक लिमिटेडले निःशुल्क पीसीआर परीक्षण शिविर गरेको छ। दिन प्रतिदिन कोरोना संक्रमण बढिरहेका बेला कुमारी बैंकले आफ्नै खर्चमा सर्वसाधरणलाई निःशुल्क पिसीआर परीक्षण गराएको हो।
गत सोमबारदेखि बुधबारसम्म तीन दिन सञ्चालित शिविरमा ८ सय २६ जनाको निःशुल्क पिसीआर परीक्षण गरिएको आयोजकले जनाएका छन्। सोमबार काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालय, मंगलबार बैंकको न्युरोड शाखा र बुधबार पुतलीसडक शाखामा शिविर सञ्चालन गरिएको हो। शिविरमा पहिलो दिन १९६, दोस्रो दिन २२६ र तेस्रो दिन ४०४ सर्वसाधरणले पिसीआर परीक्षण गराएका छन् । स्वाब दिएकाहरुलाई पिसीआर परीक्षणपश्चात फोनबाटै रिपोर्ट जानकारी गराईएको थियो।
कोरोनाको महामारीले सबै क्षेत्रलाई अस्तव्यस्त बनाएका बेला निःशुल्क पिसीआर परीक्षण गरी सहयोग पुर्याउन शिविर आयोजना गरिएको र आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।