काठमाडौं–प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)ले लकडाउनका कारण स्थगित परीक्षा कात्तिक तेस्रो सातादेखि लिने तयारी गरेकाे छ।
सिटिइभिटीले आज सूचना निकाल्दै चैत ११ गते लकडाउन भएपछि स्थगित भएका डिप्लोमा, प्रमाणपत्र तह प्राविधिक एसईई तहका नियमित तथा आंशिक परीक्षाहरु नेपाल सरकारले तोकेको सुरक्षा मापदण्ड अनुसार लिने जनाएको हो। सिटिइभिटीले परीक्षाको तालिका पनि छिट्टै प्रकाशित गर्ने जनाएको छ।
कोरोना महामारी फैलिएपछि सरकारले चैत ११ गते लकडाउन गरेको थियो। त्यसपछिका सबै परीक्षा स्थगित भएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।