काठमाडौं–आवासीय चिकित्सकहरुले डा गोविन्द केसीको अनशन जारी रहुन्जेल कालोपट्टी बाँधी सम्पूर्ण सेवामा सहभागी हुने जनाएका छन्।
नेशनल रेजिडेन्ट डाक्टर्स एशोसियसन, रेजिडेन्ट एशोसियसन अफ न्याम्स र जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीले संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो जनाएका हुन्।
उनीहरुले कोभिडको विषम परिस्थिति बिरामीको सेवा गर्नु नै आफूहरुको धर्म र जिम्मेवारी भएको जनाउँदै कालोपट्टी बाँधेर सेवा जारी राख्ने जनाएका छन्।
नेपाल चिकित्सक संघले डा केसीको जीवन रक्षा माग गर्दै यही असोज २२ गतेदेखि विभिन्न धर्ना र विरोधका कार्यक्रम घोषणा गरेको थियो। संघले पनि विज्ञप्ति जारी गर्दै विरोधका कार्यक्रम स्थगित गरिएको जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।