काठमाडौं–नेपाल चिकित्सक संघले डा गोविन्द केसीको समर्थनमा असोज २३ गते तय गरिएको स्वास्थ्य सेवा बहिस्कारको निर्णय स्थगित गरेको छ।
संघले विज्ञप्ति जारी गर्दै सरकारी र डा केसीका प्रतिनिधिबीच वार्ता सकारात्मक रुपमा अघि बढिरहेको र कोभिड १९ को महामारीलाई ध्यानमा राख्दै २३ गते घोषित आकस्मिक र कोभिड १९ का सेवाबाहेकका स्वास्थ्य सेवा बहिस्कारको निर्णय स्थगित गरिएको जनाएको हो।
२६ दिनदेखि अनशनरत डा गोविन्द केसीको जीवन ररक्षाका लागि संघले असोज २२ गतेदेखि विभिन्न विरोधका कार्यक्रम घोषणा गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।