न्यूयोर्क- अमेरिकामा आसन्न निर्वाचनलाई लक्षित गरेर आयोजना गरिएका बहसमध्ये राष्ट्रपतिका उम्मेदवारभन्दा उपराष्ट्रपतिका उम्मेदवारहरुबीचको बहस गुणस्तरीय देखिएको छ।
अमेरिकी राष्ट्रपतिका उम्मेदवारद्धय डोनाल्ड ट्रम्प र जोए बाइडेनका बीचमा गत हप्ता बहस भएको थियो भने उपराष्ट्रपतिका उम्मेदवारद्वय माइक पेन्स र कमला ह्यारिसका बीचमा बिहीबार बहस भएको थियो।
राष्ट्रपतिका प्रतिस्पर्धीद्वयको बहसमा उनीहरुले एक अर्कालाई आरोप लगाउने, गालीगलौज गर्ने, तर्क र तथ्याङ्कभन्दा बढी जिद्दी गरेका थिए। तर बिहीबारको उपराष्ट्रपतिका प्रतिस्पर्धीद्वयको बहसमा तुलनात्मक रुपमा भद्रता, शालीनता र तर्क तथा तथ्याङ्कहरुको प्रयोग बढी भएको पाइएको छ।
दुई बहस हेर्दा राष्ट्रपतिका उम्मेदवारहरुभन्दा उपराष्ट्रपतिका उम्मेदवारहरुको बहस बढी गुणस्तरीय भएको दर्शकहरुको टिप्पणी छ।
अमेरिकामा उपराष्ट्रपतिको आगामी कार्यकालका लागि वर्तमान उपराष्ट्रपति पेन्सले रिपब्लीकनको तर्फबाट र ह्यारिसले डेमोक्र्याटिकको तर्फबाट प्रतिस्पर्धा गर्न लागेका छन्। ह्यारिस पहिलो अस्वेत महिला उपराष्ट्रपतिको उम्मेदवार हुन्। उनको आमा भारतीयमुलकी हुन्।
अमेरिकामा आगामी नोभेम्बर ३ तारिखका दिन राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।