काठमाडौं–जिल्ला प्रशासन कार्यालय काठमाडौंले संस्थाको नवीकरण तथा कोरोना संक्रमणको कारण देखाउँदै रेडक्रसको महाधिवेशन रोकिदिएको छ।
प्रशासनले रेडक्रसले आलटाल गरी हालसम्म नवीकरण नगरेको जनाएको छ। साथै मन्त्रिपरिषदको बैठकले समेत उपत्यकामा संक्रमणको जोखिम उच्च रहेको जनाउँदै सभा सम्मेलनमा रोक लगाएको प्रशासनले स्मरण गराएको छ।
सरकारद्धारा मनोनित तदर्थ समितिले वर्षौंदेखि स्थगित हुँदै आएको रेडक्रसको महाधिवेशन असोज २८ देखि ३० सम्मलाई तय गरेको थियो। नयाँ पदाधिकारीका लागि हुने महाधिवेशन अर्को आदेश नभएसम्मका लागि प्रशासनले रोकिदिएको छ।
संस्था नवीकरणका लागि ११ बुँदे निर्देशन प्रशासनले दिए पनि रेडक्रसले कागजात उपलब्ध नगराएको जनाइएको छ। नवीकरण नभएको संस्थाले गरेको महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठ्ने समेत प्रशासनले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।