काठमाडौं–कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सबै सेवाहरु बन्द गरिएको छ।
प्रशासनका सेवा असोज २२ गतेदेखि २६ गतेसम्म बन्द गरिएको हो।
प्रशासन कार्यालयले सूचना प्रकाशित गर्दै शान्ति सुरक्षा र मुद्दालगायतका अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरिएको जनाएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।