• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ २०, २०८२ Tue, Feb 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मजदूरमा कोरोना देखिएपछि एक दिन खुलेर फेरि बन्द भयो तातोपानी नाका

64x64
नेपाल लाइभ बिहीबार, असोज २२, २०७७  ०८:४४
1140x725

काठमाडौं–लामो समयपछि खुलेको तातोपानी नाका एक दिनमै फेरि बन्द भएको छ। नाकामा कार्यरत मजदूरमा कोरोना संक्रमण देखिएपछि नाका पुनः बन्द भएको हो। 

भन्सार सामाग्री लोड–अनलोड गर्ने मजदूरमा आइतबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। कोरोना देखिएपछि चिनियाँ पक्षले एकतर्फी रुपमा आयात बन्द गरेको हो। तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत रामचन्द्र ढकालका अनुसार नाका खुल्दा भित्रिएका १२ कन्टेनरका सामग्रीको भन्सार भएको छैन। ती सामग्रीको डकुमेन्ट आउने क्रम  बाँकी छ। चीनबाट आएका अन्य थप सामग्री मितेरी पुल पारी नै भुइँमा राखिएका छन्। 

नेपालमा परीक्षण गर्दा तीन मजदूरको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो। तर, चीनतर्फ परीक्षण गर्दा पोजेटिभ देखिएपछि चीनले एकतर्फी रुपमा आयात बन्द गरेको हो। खासा र न्यालममा अड्किएका डेढ सय कन्टेनर सामान दसैंअघि काठमाडौं पुर्‍याउने योजना अनुसार  दुवै देशको सहमतिमा नाका खुलेको थियो। सीमाबाट कोरोना फैलन सक्ने भन्दै जाङ्मु प्रशासनले चीनबाट मितेरीपुलमा ल्याइएको सामान रोकेको थियो।

गत असार २५ गते बाह्रविसेदेखि तातोपानीसम्मका सडक खण्ड कटान गर्ने गरि आएको बाढी पहिरोपछि बन्द रहेको तातोपानी नाका फेरि सञ्चालनमा ल्याइएको थियो। भोटेकोसी नदीमा आएको बाढी र पहिरोले क्षतिग्रस्त भएको सडक निर्माण भए पनि तिब्बतको ‘क्यानोन कु’ ताल फुट्न सक्ने सम्भावना रहेकै कारण देखाउँदै नाका बन्द गरिएको थियो। लामो पहलपछि  सोमबारबाट नाका  खुलेको थियो। तर, एक दिनमै फेरि नाका बन्द हुँदा व्यवसायी मर्कामा परेका छन् ।

गएको असोज १३ गते सिन्धुपाल्चोकका उच्च सुरक्षा अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका सुचारु गर्ने सहमति भएपछि नेपाल चीनबीचको प्रमुख भन्सार नाका खुलाइएको थियो।

Ncell 2
Ncell 2

कोरोना संक्रमण फैलन सक्ने भएकाले दुवैतर्फबाट सजगता अपनाउने विषयमा छलफल जारी रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। चीनतर्फ कोरोना परीक्षण गर्दा तीन मजदूरको रिपोर्ट पोजेटिभ आएको भन्दै उनले आयात मोडालिटी परिवर्तन गर्नुपर्ने जानकारी आएको उनले बताए।

नजिकिँदो दसैं प्रभावित नहोस् भनेर चिनिया अधिकारीसँग आयातको नयाँ मोडालिटीबारे छलफल जारी रहेको सिडिओ ढकालले बताए। सुख्खा बन्दरगाह लार्चास्थित तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले नयाँ मोडालिटीबारे छलफल भइरहेको बताए।

तातोपानी भन्सारमा लोड–अनलोड गर्ने ३६ मजदूरको पिसीआर परीक्षण गराउँदा नेपालको ल्याबले तीन जनाको पोजेटिभ देखाएको थियो। परीक्षण सर्टिफिकेट बोकेर लोड–अनलोड गरिरहेका ३३ मजदूरको चिनियाँ क्षेत्रमा पिसीआर परीक्षण गर्दा तीन जनाको पोजेटिभ देखियो। यसैलाई आधार मानेर चिनियाँ अधिकारीले आयातमा कडाइ गर्ने संकेत गरेको उनले बताए।

नाकालाई सुचारु राख्न गम्भीर रुपमा पहल भइरहेको  प्रमुख भन्सार अधिकृत खत्रीले बताए। पिसीआर मेसिन र डाक्टरको टिम आउँदो हप्ता तातोपानी भन्सार आएपछि मजदूरको कोरोना परीक्षण नियमित गर्ने उनले बताए। उनका अनुसार खासाबाट चिनियाँ ड्राइभरले सिधै नेपालतिरको भन्सार यार्डमा ल्याएर सामान खसाल्ने मोडालिटीमा छलफल भइरहेको छ। हालसम्म १२ कन्टेनर सामान नेपाल भित्रिएका छन्। 

२०७२ को विनासकारी भूकम्पले क्षतिग्रस्त भएपछि तातोपानी नाका बन्द भएको थियो। २०७६ जेठमा खुलेपनि फागुनमै फेरि बन्द भएको थियो। चीनमा देखिएको कोभिड–१९ का कारण नाका बन्द गरिएको हो। पछि नेपालमा स्वास्थ्य सामग्री अत्यावश्यक भएपछि केही समय नाका खुलाएर सामग्री ल्याइए पनि पुनः बन्द गरिएको थियो। तातोपानीबाट सबै खाले सामग्री ल्याइने निर्णय गरेसँगै खुलेको नाका पछिल्लो पटक असार २४ गते अरनिको राजमार्गस्थित बाह्रविसे नगरपालिकाको जम्बु, खागदल र भोटेकोसीमा बाढी आएर सडक क्षतिग्रस्त भएपछि असार २५ बाट बन्द थियो।

खासामा मात्रै नेपाली व्यवसायीका करिब ८ सय कन्टेनर सामग्री रोकिएका छन् । ती सामान न्यालाम, सिगात्से र खासाका गोदाममा छन्। नाका खुलेसँगै ती सामग्रीसमेत क्रमैसँग ल्याइनेछ।

भूकम्पअघि यो नाकाबाट हरेक दिन सवा करोडको हाराहारीमा राजस्व संकलन हुने गर्दथ्यो। पछिल्लो आर्थिक वर्षमा भन्सारले एक अर्ब ५९ करोड राजस्व संकलन गरेको भन्सार कार्यालयले जनाएको छ।
 

प्रकाशित मिति: बिहीबार, असोज २२, २०७७  ०८:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हार्वर्डसँग एक अर्ब डलर क्षतिपूर्तिको माग
सेयर बजारमा गिरावट
भूमध्यसागरमा चक्रपात ह्यारीको कारण एक हजारको मृत्यु
सम्बन्धित सामग्री
नवलपुरबाट २९० निर्वाचन प्रहरी स्याङ्जा पठाइयो जिल्लामा परेको दुई हजार ५०० बढी आवेदनमध्ये यहाँका लागि एक हजार ७४२ जना निर्वाचन प्रहरी छनोट गरिएको खड्काले बताए । जिल्ला प्रहरी कार्... मंगलबार, माघ २०, २०८२
विधायन व्यवस्थापन समितिको बैठक बस्दै बैठक आज बिहान साढे ११ बजे सिंहदरवारस्थित समितिको सभा कक्षमा बस्नेछ । मंगलबार, माघ २०, २०८२
ससुराली पुगेर श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या रंगेली नगरपालिका–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले रंगेली–५ धनपट्टीस्थित ससुराली घर पुगेर श्रीमतीको हत्या गरेको जिल्ला... मंगलबार, माघ २०, २०८२
ताजा समाचारसबै
हार्वर्डसँग एक अर्ब डलर क्षतिपूर्तिको माग मंगलबार, माघ २०, २०८२
सेयर बजारमा गिरावट मंगलबार, माघ २०, २०८२
भूमध्यसागरमा चक्रपात ह्यारीको कारण एक हजारको मृत्यु मंगलबार, माघ २०, २०८२
देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता [सूचीसहित] मंगलबार, माघ २०, २०८२
हिमाली जिल्लामा हिमपात भएको खण्डमा दोस्रो चरणमा निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की मंगलबार, माघ २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
महावीर पुनले रिसाएर मन्त्री पद छाडेको प्रधानमन्त्री कार्कीको दाबी सोमबार, माघ १९, २०८२
पाकिस्तानमा तिव्र आक्रमण , करिव दुई सय जनाको मृत्यु सोमबार, माघ १९, २०८२
ओपिडी सेवा २५ हजारसम्मको मात्र उपलब्ध गराउने स्वास्थ्य बीमा बोर्डको निर्णय सोमबार, माघ १९, २०८२
समानुपातिकको बन्दसूचीबाट आयोगले हटायो ७६ जनाको नाम सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्