काठमाडौं- २४ दिनयता अनसनरत डा गोविन्द केसीका तर्फबाट सरकारसँग वार्ता गर्न ४ सदस्यीय टोली गठन गरिएको छ। डा केसीका तर्फबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन गरिएको जानकारी दिइएको हो। डा क्षेत्री लामो समयदेखि डा केसीको समर्थनमा रहेका व्यक्ति हुन्।
वार्ता टोलीका सदस्यहरूमा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा अञ्जनीकुमार झा, संघका वर्तमान अध्यक्ष डा लोचन कार्की र ओम प्रकाश अर्याल छन्।
सरकारले वार्ता टोली गठन गरेको जानकारी प्राप्त हुनासाथ डा केसीका तर्फबाट पनि वार्ता टोली गठन गरिएको डा केसी पक्षले जानकारी दिएको छ।
सरकारले बुधबार मात्र शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको थियो।
सरकारले आफ्ना माग सम्बोधन नगरेसम्म आफ्नो अनसन जारी रहने डा केसीले अडान लिँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।