काठमाडौं- नेपाल इन्भेस्टमेन्ट बैंकले सुदूरपश्चिम प्रदेशको भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा आफ्नो ८३औं शाखा स्थापना गरी कारोबार विस्तार गरेको छ। नव स्थापित शाखाको नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालय प्रमुख सुवाशचन्द्र घिमिरेले उद्घाटन गरेका हुन्।
महेन्द्रनगर शाखाले बैंकका ग्राहकहरूलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यसहित स्थानीय मागलाई पूरा गर्नेगरी पूर्ण बैंकिङ सेवा प्रदान गर्नेछ।
नेपाल इन्भेस्टमेन्ट बैंकले ८३ शाखा, १२५ एटीएमहरू, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पुर्याइरहेको छ।
पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ। यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।