काठमाडौं- डा गोविन्द केसीको अवस्था गम्भीर हुँदै गएको चिकित्सकहरुले बताएका छन्। उनको शरीरमा अत्यावश्यक तत्वहरुको कमी हुनाको साथै रक्तचाप पनि कम हुँदै गएको छ।
बुधबार बिहान डा केसीको रक्तचाप ७०/५० मापन गरिएको छ।
डा केसीलाई उपचार गरिरहेको चिकित्सकको टिम आन्तरिक परामर्शमा रहेको उनका सहयोगीले जानकारी दिएका छन्।
डा केसीलाई डा सुभाष आचार्यको टिमले हेरिरहेको छ।
डा केसीले गत भदौ २९ देखि जुम्लाबाट अनसन सुरु गरेका थिए। बुधबार उनको अनसनको २४औं दिन पुगेको छ।
डा केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गए पनि सरकारले वार्ताको लागि कुनै पहल गरेको छैन। उनलाई सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अनसन अन्त्य गर्न आग्रह गरेका छन्। तर डा केसीले अस्वीकार गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।