काठमाडौं–त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागले उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिटमा संलग्नमाथि कारबाहीको माग गरेको छ। 
विभागले विज्ञप्ति  जारी गर्दै यस्तो माग गरेको हो। त्रिविमा अध्यापनरत चलाउनेमाथि यही असोज २० गते कुटपिट भएको थियो। विज्ञप्तिमा नेपाल विद्यार्थी संघका नाममा केही समयदेखि तालाबन्दी गरी विभागका शिक्षकहरुलाई सांघातिक आक्रमण गर्ने धम्कि आइरहेको पृष्टभूमिमा मंगलबार विश्वविद्यालय परिसरभित्रै भएको सांघातिक आक्रमणले विभागको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। 
चलाउनेलाई मंगलबार विद्यार्थीको समूहले रड प्रहार गरी आक्रमण गरेको जनाइएको छ। हाल उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। 
 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।