काठमाडौं- विश्वकै ठूलो मोटरसाइकल र स्कुटर निर्माता हिरो मोटोकर्पको नेपालका लागि आधिकारिक बिक्रेता एनजिएमले हिरो ग्ल्यामरको नयाँ मोडल सार्वजनिक गरेको छ। अपग्रेडेड सुपर स्प्लेण्डर मोटरसाइकल ल्याएलगत्तै कम्पनीले बहुउपयोगी तथा स्टाइलिस हिरो ग्ल्यामर बजारमा उपलब्ध गराएको हो।
नयाँ ग्ल्यामरको मूल्य २ लाख २० हजार रूपैयाँ तोकिएको छ। नयाँ मोटरसाइकल नेपालभर सबै प्रमुख सहरहरुमा रहेको हिरो डिलरमा असोज २३ गतेबाट बिक्रीको लागि उपलब्ध हुनेछ।
नयाँ ग्ल्यामरमा आइबिएस(एकीकृत ब्रेकिङ प्रणाली) सुरक्षा विशेषता थप गरिएको छ। यो मोटरसाइकलमा थ्री डि ब्राण्डिङ प्रतिरुप, नवीनतम धर्काहरु, स्प्लिट रियर ग्रिप, हगर फेण्डर र रिम टेपहरुका साथै युएसबी चार्जर पनि रहेका छन्।
हिरो मोटोकर्पको ग्लोबल बिजनेसका प्रमुख रजत भार्गवले हिरो मोटोकर्पको विश्वव्यापी व्यवसायिक रणनीतिमा नेपालको बजारले एक अर्थपूर्ण स्थान ओगटेको बताए। 'हामीले पहिले नै यहाँको बजारमा मजबुत एवं लोकप्रिय हिरो उत्पादनहरु उपलब्ध गराइसकेका छौं र हिरो सुपर स्प्लेण्डर उपलब्ध गराएलगत्तै यो नयाँ हिरो ग्ल्यामर ल्याउनुले हाम्रा ग्राहकहरुमाझ हिरोको थप उत्पादन विस्तार गर्न सहयोग पुगेको छ।'
नेपालमा हाल उपलब्ध भइरहेका हिरोका उत्पादनहरुमा एक्सपल्स २००, एक्सपल्स २००टि, एक्स्ट्रिम २००आर, एक्स्ट्रिम स्पोर्टस्, एचिभर १५०, एचएफ डिलक्स, स्प्लेण्डर प्लस, स्प्लेण्डर आइस्मार्ट ११०, सुपर स्प्लेण्डर मोटरसाइकलहरु र डेस्टिनि, प्लिजर, प्लिजर प्लस, डुएट, मेएस्त्रो एज् स्कुटरहरु रहेका छन्।
हिरो मोटोकर्पले नेपालमा सन् २०१० देखि नेपाल जनरल मार्केटिङ्ग लिमिटेड (एनजिएम) सँग मिलेर आफ्नो उत्पादनको बिक्री प्रारम्भ गरेको हो र एनजिएम हिरो मोटाकेर्पको नेपालको लागिएकमात्रआधिकारिक वितरक हो।
नयाँ हिरो ग्ल्यामर
स्टाइल र कार्य क्षमताको समिश्रण भएको ग्ल्यामर १२५ सिसी बिएस-५ इन्जिन छ। यो इन्जिन ७५०० आरपिएममा ११.१ बिएचपीको शक्तिशाली परिणाम र ६५०० आरपिएममा ११ एनएमको टर्कयुक्त छ। हिरोको आइथ्रीएस (आइडल स्टार्ट–अप सिस्टम) प्रविधिले सहरी क्षेत्रको रोक्ने–जाने ट्राफिक अवस्थामा सुविधा प्रदान गर्नुका साथै इन्धन खपतमा पनि बचत गरिदिन्छ।
यसको बेजोड र प्रिमियम थ्री डि प्रतिरुप डिजाइनले यसलाई साहसिक स्टाइलको बनाइदिएको छ भने यसको अंग्रेजी भी आकारको हेडलाइट, जुम्ल्याहा पाइलट बत्तीहरु, आफ्नै किसिमको एलइडि लाइट टलेल ल्याम्पलगायत विशेषता छ।
यसका अलावा आइथ्रिएस संकेतसहितको एनलग डिजिटल स्पिडमिटर, डिजिटल इन्धनगेज, नयाँ सिट टेक्स्चर, र ट्युबरहित टायरहरु छन्।
नयाँ आइबिएस विशेषताले मोटरसाइकल चालकलाई कुनै पनि अवस्थामा हाँक्दा जब पछाडीको ब्रेक लगाइन्छ तब अगाडी र पछाडि दुवै ब्रेक लाग्ने गरिएको ब्रेक वितरण प्रणालीले थप सुरक्षा प्रदान गर्दछ। यो नयाँ ग्ल्यामरमा सजिलै उकालो चढ्न सक्ने क्षमता पनि रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।