काठमाडौं- जिओ अटोमोबाईल्स प्रालि (जिओ फोर्ड) ले ‘फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज’ योजना ल्याएको छ। फोर्ड इकोस्पोर्ट लोकप्रिय कम्प्याक्ट एसयुभी २०२० मोडेलमा आकर्षक विशेषता र क्षमता सहित परिष्कृत स्टाइल र टेक्नोलोजीका साथ नेपाली ग्राहकका लागि उपलब्ध भएको कम्पनीले जनाएको छ।
१५ सय सिसी ड्रयागन सिरिज इन्जिन जडिट यो एसयुभीले १२२ पिएस पावर दिन्छ। आफ्नो सेगमेन्टमा इकोस्पोर्ट सबैभन्दा शक्तिशाली एसयुभी हो।
यो एसयुभीको शक्तिलाई प्रमाण्ति गर्न र ग्राहकहरुलाई यसको इन्जिनको शक्ति अनुभव गराउन फोर्डले फोर्ड इकोस्पोर्ट पावर च्यालेन्ज योजना ल्याएको हो। ग्राहकले यस योजनामा भाग लिन न्युनतम रकममा फोर्ड इकोस्पोर्ट बुक गर्नु पर्नेछ र त्यसपछि यस सेगमेन्टको अरु कुनै पनि गाडी चुनौतीको लागि रोज्न सक्नेछन्।
फोर्ड इकोस्पोर्ट सँग पावर र पिकअपमा ठाडो उकालो सडकमा चुनौती दिन सक्छ। कम्पनी यति विश्वस्त छकि यदि इकोस्पोर्टले सेगमेन्टमा प्रतियोगीलाई हराएन भने ग्राहकले बुकिङ रकमभन्दा दोब्बर रकम फिर्ता पाउनेछ।
सन २०२० मा बनेको ईकोस्पोर्ट पेट्रोल र डिजेल इन्जिनका साथ आकर्षक मूल्यमा उपलब्ध छ। यो गाडी ड्राइभिङको लागि रमाइलो, शक्तिशाली र पेट्रोल/डिजेल इन्जिनको लागि विशिष्ट रोजाइ रहेको छ। पेट्रोलमा फोर्डको नयाँ ३ सिलिन्डरयुक्त १.५ लिटर पेट्रोल इन्जिन समावेश छ।
पेट्रोल ईन्जिन पाँच स्पीड म्यानुअल ट्रान्समिशन र ६ स्पीड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ। २०२० ईकोस्पोर्टमा ग्राहकहरुका लागि अतुलनीय सुरक्षा, आरामदायी सवारीका साथै हरेकपल कनेक्टेड रहन उच्चतम प्रविधिहरु जडान गरिएको छ। जस्तै चालक र यात्रीको सुरक्षाको लागि ६ वटासम्म एयरब्याग रहेको छ।
यसको माथिल्लो मोडेलमा मनोरञ्जन तथा कनेक्टिभिटीको लागि ८ ईन्चको टचस्क्रीन, एप्पल कारप्ले तथा एण्ड्रोइड अटो उपलब्ध छ। ९ ईन्च टचस्क्रीन आधारित इन्फोटेनमेन्ट प्रणाली रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।