काठमाडौं- १५ जना लेखक/बुद्धिजीवीले अनशनरत सत्याग्रही डा. गोविन्द केसीकाे मागहरुलाई अविलम्ब सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन्। डा केसीको जीवन रक्षाका लागि तत्काल कदम चाल्न उनिहरूले सरकारसँग माग गरेका हुन्।
मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै उनीहरुले केसीका मागप्रति ऐक्यबद्धता पनि जनाएका छन्। विगत २३ देखि डा. केसी अनसनरत रहेका छन्। देशको चिकित्सा शिक्षा र स्वास्थ्यसेवासम्बन्धी मागहरु राखेर आमरण अनशनमा रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ‚ ‘यी मागहरु समाजवादउन्मुख लोककल्याणकारी राज्यको नारा दिएर सत्तासीन भएको दल र सरकारका लागि मार्गदर्शक र प्रेरणादायी हुने हामीले अपेक्षा राखेका थियौं। तर बिडम्वना! डा. केसीका मागहरुप्रति सरकार पूर्णतः उदासीन रहेको छ। सरकारले यस किसिमको अकर्ममण्यता प्रदर्शन गरेर लोकतन्त्रमा रहनुपर्ने संवादको संस्कृति र आफ्नै चुनावी घोषणापत्रप्रति समेत बेइमानी गरेको हामीले ठानेका छौं।’
अपिल जारी गर्नेमा डा. पिताम्बर शर्मा, डा. कैलाशनाथ प्याकुरेल, डा. महेश मास्के, डा. अरुणा उप्रेती, नारायण ढकाल, विमल निभा, डा. सुरेश ढकाल, डा. सरोज धिताल, सरिता तिवारी, धनकुमारी सुनार, कोमल भट्टराई, सुदीप श्रेष्ठ, सोमत घिमिरे, प्रकाश राई र हरि रोका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।