काठमाडौं- चिकित्सा शिक्षा क्षेत्र सुधारका ६ बुँदे माग राख्दै अनसनरत डा गोविन्द केसीलाई शिक्षा सचिव गोपीनाथ मैनालीले भेट गरेका छन्। डा केसीसँग भेटेका सचिव मैनालीले डा केसीका मागका विषयमा छलफल गर्न सरकारले हालसम्म कुनै पनि वार्ता टोली गठन नगरेको जानकारी गराएका छन्।
मंगलबार शिक्षा सचिव मैनाली ३ जनाको टोलीको नेतृत्व गर्दै डा केसीलाई भेट्न त्रिवि शिक्षण अस्तपाल पुगेका थिए।
पछिल्लो अनसन सुरु गरेयता डा केसीलाई भेट्ने शिक्षा सचिव मैनाली पहिलो बनेका छन्। उनले डा केसीलाई अनसन फिर्ता लिन आग्रह गरेको डा केसीकी सहयोग डा तोषिमा कार्कीले जानकारी दिएकी छन्।
सरकारी टोलीले अनसन फिर्ता लिन आग्रह गरेपछि डा केसीले सरकारका प्रवक्ताले यसअघि नै सोही कुरा सार्वजनिक रूपमा गरिसकेकाले त्यतिका लागि मात्र दुःख नगरेको भएपनि हुने बताएका थिए। सरकारले आफ्ना मागका विषयमा छलफल गर्न सरकारले आधिकारिक रूपमा वार्ता टोली बनाएर पठाउनुपर्ने अडान राखेका थिए।
डा केसीको स्वास्थ्य नाजुक भैरहँदा सरकारले संवनदहीनता देखाएको भन्दै नागरिक तहबाट व्यापक विरोध भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।