काठमाडौं- नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अनशनरत डा गोविन्द केसीका माग अबिलम्ब पुरा गरी वार्तामा बस्ने वस्ने वातावरण मिलाउन आग्रह गरेका छन्।
‘आज केसी अनशन बसेको २३ औं दिन भयो। स्वास्थ्य अत्यन्तै जटिल हुँदै गएको छ। सरकारले केसीका मागको अझै सुनुवाइ गरेको छैन’ खनालले नेपालाईभसँग कुरा गर्दै भने,‘उनका(केसी) सबै माग पुरागरी वार्ता गरी अनशन तोडाउने वातावरण बनाउनुपर्छ ।’
स्वास्थ्यजस्तो आधारभूत आवश्यकताको माग राखेर केसी अनशन बसेकाले अबिलम्ब पुरा गर्न सरकारलाई खनालले आग्रह गरे । शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकता राज्यले जिम्मा लिनुपर्छ भन्ने बहस नेकपामा हुने गरे पनि केसीले उठाएका त्यहीँ मागलाई नेकपा सरकारले बेवास्ता गर्दै आएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।