काठमाडौं-जगदम्बा मोटर्स र दराज एपबीच व्यवसायीक सम्झौता भएको छ। यी दुई कम्पनीबीच भएको सम्झौताले दराज एपबाट टिभिएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई प्रत्यक्ष फाइदा पुग्ने छ।
सम्झौतापछि दराज एपबाट टिभिएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने सुरुवाती २० जनाले ५५ सय रुपैयाँ बराबरको स्पेशल डिस्काउन्ट भौचर प्राप्त गर्न सक्ने छन्।
यसका साथै बम्पर उपहारमा दराज एपबाट मोटरसाइकल तथा स्कुटर खरिद गर्नेमध्ये एक जनाले टिभिएस आरटिआर १६० फोर भी सिंगल डिस्क मोटरसाइकल जित्न सक्ने छन्। जगदम्बा मोटर्स प्रालि र दराज एपबीच भएको सम्झौता अक्टोबर ५ देखि १४ सम्म ‘दराज दसैं धमाका’ नामक याेजनामा टिभिएसका मोटरसाइकल खरिद गर्ने ग्राहकले यस्तो छुट प्राप्त गर्न सक्ने छन्।
जगदम्बा मोर्टस प्रालिका भाइस प्रेसिडेन्ट दीपककुमार अग्रावालले जगदम्बा मोटर्स सधै ग्राहकलाई केही न केही नयाँ दिने प्रयासमा रहेको बताए। दराजसँग मिलेर ल्याइएको नयाँ स्किमले उपभोक्तालाई थप राहत मिल्ने विश्वास उनले व्यक्त गरे। कम्पनीले संचालन गरेको ‘टिभिएस दसैंको आशा’ योजनाअन्तर्गत दिइएको मोटरसाइकलमा ९ हजार छुट र स्कुटरमा ७ हजार छुटको स्किम ग्राहकले दराजमा पनि पाउने छन्।
साथै, कम्पनीले हरेक साता गर्दै आएको बम्पर लक्की ड्र मार्फत टिभिएस आरआर ३१० मोटरसाइकल जित्ने अवसर पनि प्राप्त गर्ने छन्। यस लक्की ड्रमा सहभागिता जनाउन भने टिभिएसको मोटरसाइकलतथा स्कुटर किनेकाे हुनु पर्ने छैन।
कम्पनीले ११० देखि ३१० सीसीसम्मका गुणस्तरीय उत्पादनहरु राडियन, स्ट्राइकर, म्याक्स १२५, अपाचे आर टि आर १६०, अपाचे आरटीआर १६० फोर भी, अपाचे आरटिआर २००४भी, अपाचे आरआर ३१०, एन्टर्क १२५, वेगो र जुपिटर क्लासिकलगायतका मोडलहरु बिक्री गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।