काठमाडौं– दराजले वर्षकै सबैभन्दा ठूलो दसैं सेल 'दराज दसैं धमाका' ल्याएको छ । यो धमाका असोज १९ (अक्टोबर ५) देखि सुरु हुने कम्पनीले जनाएको छ। विश्वमा महामारीका रुपमा फैलिएको कोभिड-१९ को त्रास बढ्दै जाँदा उपभोक्ताहरुले दराज दसैं धमाकामार्फत् आफ्नो घरमै बसेर सुरक्षित भई दसैंकाे किनमेल गर्न सक्नेछन्।
उपभोक्ताहरुले राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरुमा मेगा डिल्स्, दराज मलमा पाहिने ब्रान्डेड उत्पादनहरूमा भारी छुट्, आकर्षक भाउचरहरु, बम्पर उपहारमा टिभीएस अपाचे आरटीआर १६०४ भी एस डि, कार्ड प्रीपेमेन्टमा छुट, फ्ल्यास सेल्स, नि:शुल्क वितरण, हट पिकहरू, रोमाञ्चक मोबाइल गेमहरू, दराज वन रुपी गेम, वील अफ फोर्च्युन र अन्य धेरै आकर्षणहरुको लाभ उठाउन सक्नेछन् ।
कार्ड मार्फत भुक्तानीमा अतिरिक्त छुट
दराजले बैंकहरूसँग साझेदारी गरी डेबिट र क्रेडिट कार्डमार्फत पूर्व भुक्तानीमा २० % (अधिकतम २५०० रुपैयाँ) सम्मको छुटको पनि व्यवस्था गरेको छ । नबिल बैंक, एनआईसी एशिया, स्टयान्डर्ड चार्टर्ड, सानिमा बैंक, ग्लोबल आईएमई, मेगा बैंक, एनएमबी बैंक, नेपाल बंगलादेश बैंक, र कुमारी बैंकका ग्राहकहरूले छुट पाउन सक्नेछन्। यदि उपभोक्ताहरुसँग ती बैंकको कार्ड छ तर अनलाईन पेमेन्ट सुचारु छैन भने आफ्नो बैंकसँग सम्पर्क गरी जारी राख्न सक्ने उल्लेख गरिएको छ।
अनलाइन लूडो प्रतियोगिता
उपभोक्ताहरुको शपिङ अनुभवलाई अझै रमाइलो बनाउन अनलाइन लूडो प्रतियोगिता पनि घोषणा गरिएकाे छ। यस प्रतियोगिता दराज एपमार्फत् श्रीलंका र नेपालका प्रतिद्वन्द्वीबीच हुने छ। पहिलो स्थान प्राप्त गर्ने खेलाडीले १०० अमेरिकी डलरको दराज भाउचर जित्ने छन्। दोस्रो हुनेले ७५ अमेरिकी डलरको दराज भाउचर जित्ने छन्, र तेस्रोदेखि पन्ध्रौं स्थानमा पर्ने प्रत्येक खेलाडीहरुले अमेरिकी २५ डलर जित्नेछन्।
यसबाहेक, नेपालबाट सर्वश्रेष्ठ प्रदर्शन गर्ने खेलाडीले नयाँ सोनी एक्सपेरिया एक्स ए वन डबल जित्नेछन् भने दोस्रो र तेस्रो उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले क्रमशः नयाँ टाइटन घडी र मनास्लु गिटार जित्नेछन्। प्रतियोगिता २१ देखि २२ असोज (७-८ अक्टोबर) मा हरेक दिन दिउँसो १ देखि साँझ ७ बजे सम्म दराज एन्ड्रोइड एपमा आयोजित हुनेछ। प्रतियोगितामा भाग लिन ५ देखि २१ असोज (१-५ अक्टोबर) भित्र दराज एपमार्फत अनिवार्य दर्ता गर्नुपर्नेछ।
दसैं धमाका अभियानका बारेमा टिप्पणी गर्दै दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले भने, 'दसैं मनोरन्जन र किनमेलको समय हो। हरेक पसल, बजार, र अनलाइन प्लेटफर्मले दसैंका लागि भनि उत्साहजनक प्रस्तावहरु लिएर आउछन्। तर दराजमा तपाईंले केवल शपिङ्गमात्र गर्नुहुन्न रमाईला खेलहरु, रोमान्चक क्विजहरु, र अन्य प्रतियोगिताहरुमा पनि संलग्न भई पुरष्कारहरु जित्न हुनसक्नुहुन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।