काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष प्रकाशचन्द्र लोहनीले डा गोविन्द केसीप्रति सरकारको उपेक्षा अपराध भएको टिप्पणी गरेका छन्।
लोहनीले सामाजिक सञ्जालमा ट्वीटरमा लेख्दै डा केसीले सरकारसँग गरेको सम्झौता पालना गरोस् मात्र भनेकाले सरकार ईमान्दार हुन आग्रह गरे।
डा केसीको जीवन तलमाथि भयो भने केपी ओली सरकार जिम्मेवार हुने उनले उल्लेख गरेका छन्। ‘माग पुरा गर्छु भनि सहमती गरेको कुरा पनि अस्वीकार गर्ने कारणले डा केसीको जीवन तलमाथि भयो भने यसको जिम्मेवार ओली सरकार हुनेछ। समय छँदै वार्ता गरेर सरकारले आफ्नो वचन पूरा गरोस्,’ उनले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।