काठमाडौं–सामसङले फोल्ड गर्न मिल्ने ‘ग्यालेक्सी जेड फोल्ड टु’ नेपाली बजारमा भित्र्याएको छ।
उक्त फोन स्मार्ट डोकोबाट प्रि–बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीकाअनुसार उक्त फोन स्मार्ट डोकोमा दुई लाख ४९ हजार ९९९ रुपैयाँमा बुकिङ गर्न सकिने छ।
यस स्मार्टफोनमा ग्लास स्क्रिन राखिएको छ जसमा किताबजस्तै फोल्ड गर्न र ह्यान्ड्स फ्री क्यामेरा छ जुन हात हल्लाउँदा पनि फोटो खिच्न सकिन्छ ।
प्रि–बुकिङ्ग गर्दा १९ हजार ९९९ मूल्यको सामसङ ग्यालेक्सी बड्स लाइभ निःशुल्क पाइनेछ । त्यस्तै ग्राहकहरुले १ पटकका लागि १२ महिनाको ब्रेकेज बिमा पनि प्राप्त गर्न सक्नेछन्।
सामसङ ग्यालेक्सी जेड फोल्ड टुका लागि प्रि–बुक गर्न सामसङकाे वेबसाइटमा जान सकिनेछ। त्यसैगरी ९८०१०१३३११ र ९८०२००२८७० मा पनि सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ। ग्राहकहरुले प्रि–बुकिङ्गका लागि ५ हजार रुपैयाँ भुक्तानी गर्नुपर्नेछ र बाँकी ह्यान्डसेट पाएपछि भुक्तानी गर्नुपर्नेछ।
‘नेपालमै पहिलो पटक सामसङको ग्यालेक्सी जेड फोल्ड टु स्मार्टफोन स्मार्टडोकोबाट प्रि–बुकिङ्ग गराउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं। यो फोन एकदमै राम्रो र अपग्रेड भर्सनका साथ नेपाली बजारमा उपलब्ध गराईनेछ,’ आईएमएस ग्रुपका अध्यक्ष दिकेश मल्होत्राले भने ।
स्मार्टडोकोबाट प्रि–बुकिङ्ग असोज २८ गतेसम्म मात्र खुल्ला गरिएको कम्पनीले जनाएको छ । स्मार्ट डोकोले सामसङ ग्यालेक्सी जेड फोल्ड टु नेपालभरि निःशुल्क डेलिभरि गरिने उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।