काठमाडौं– जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले अनशनरत डा गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारसँग माग गरेका छन्।
डा केसीलाई आज बिहान भेटेपछि सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले केसीसँग तत्काल वार्ता गरेर समाधान खोज्न माग गरेका हुन्।
उनले भनेका छन्, ‘२३दिनदेखि अनशनरत डा।केसी को स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि लोकतान्त्रिक देशको राज्यले वार्ताको पहलसम्म नगरी बस्न मिल्छ? यो क्रिमिनल नेग्लिजेन्स होइन?’
भदौ २९ गते जुम्लाबाट थालेको डा केसीको अनशन २३ औं दिनमा पुगेको छ। हाल त्रिवि शिक्षण अस्पतालमा अनशनरत उनको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको छ भने सरकारले माग पूरा गर्न हालसम्म कुनै चासो देखाएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।