काठमाडौं–मेडिकल शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीको सत्याग्रहको समर्थनमा नक्सालमा प्रदर्शन गरिने भएको छ।
आवासीय चिकित्सक संघ, गोविन्द केसी अलायन्स र नेपाल मेडिकल स्टुडेन्ट सोसाइटीले प्रदर्शन गर्ने भएका हुन्।
भदौ २९ गते जुम्लाबाट थालेको डा केसीको अनशन २३ औं दिनमा पुगेको छ। हाल त्रिवि शिक्षण अस्पतालमा अनशनरत उनको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको छ भने सरकारले माग पूरा गर्न हालसम्म कुनै चासो देखाएको छैन।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।