काठमाडौं–नेपाल बार एशोसियसनले डा गोविन्द केसीका माग सम्वोधन गर्न माग गरेको छ।
बारको मानवअधिकार समितिले सबै किसिमको उपाय तत्काल अवलम्वन गरि डा केसीको माग सम्वोधन गर्न सरकारको ध्यानाकर्षण गराएको हो । समितिका सयोजक सुनीलकुमार पोखरेलले विज्ञप्ति जारी गर्दै केसीको अनशनप्रति ध्यानाकर्षण गराएको हो।
भदौ २९ गते जुम्लाबाट थालेको डा केसीको अनशन २३ औं दिनमा पुगेको छ। हाल त्रिवि शिक्षण अस्पतालमा अनशनरत उनको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको छ भने सरकारले माग पूरा गर्न हालसम्म कुनै चासो देखाएको छैन।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।