काठमाडौं- नेपालमा सोमबारदेखि ओपो एफ-१७ को फर्स्ट सेल मार्फत् बिक्री खुल्ला गरिएको छ। सेप्टेम्बर २७ का दिन ओपो एफ-१७ प्रो, एन्को डब्ल्यू ५१ टीडब्ल्यूएस र ओपो वाट्चेजका साथमा ओपो एफ-१७ पनि सार्वजनिक गरिएको थियो।
सार्वजनिक गरिए तापनि कार्यक्रममार्फत् फोनको फर्स्ट सेल मितिबारे मात्र जानकारी दिइएको थियो। सोमबारदेखि बजारमा उपलब्ध गरिएको ओपो एफ-१७ को बजार मूल्य ३३ हजार ९ सय ९० रूपैयाँ निर्धारण गरिएको छ। जम्मा ७.४५ एमएम मोटाई र १६३ ग्राम वजन रहेको ओपो एफ-१७ सिजनकै स्लिकेस्ट फोन भएको कम्पनीको दावी छ।
ओपोको नेपाल भर रहेका प्रमुख बिक्री केन्द्रहरुमा एफ-१७ उपलब्ध गराइएको छ। नेपालमा फोन ८ जीबी र १२८ जीबी भ्यारियन्टमा सार्वजनिक गरिएको हो।
ओपो एफ-१७ को एक प्रमुख विशेषतामध्ये यसको वजन पनि एक हो। कम्पनी काप्रो भर्जनका तुलनामा एफ-१७ ७.४५ एमएम मोटाइका साथ अझ पातलो बडीमा उपलब्ध गरिएको कम्पनीले जनाएको छ। त्यसैगरी प्रोभन्दा १ ग्राम कम यसको वजन जम्मा १६३ ग्राम रहेको छ। एफ-१७ लाई स्न्याप ड्रागन ६६२ एसओसी ओक्टा(कोर चिपसेट क्लक्ड एट २ जीएचजेडले सञ्चारित गर्छ। उपकरणमा कलर ओएस ७.२ मा आधारित एण्ड्रोइड १० सञ्चालन प्रणालीको व्यवस्था गरिएको छ।
ओपो एफ-१७ मा सेल्फी क्यामेराका लागि वाटर-ड्रप नोट्चका साथमा ६.४४ ईञ्चको फूल एचडी एमोलेड स्क्रिनको व्यवस्था गरिएको छ। साथै, फोनमा ईन-डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर पनि उपलब्ध छ। त्यसैगरी फोनको पछिल्लो भागमा एफ/२.२ सहित १६एमपी क्षमताको प्राइमरी शुटर ८ एमपी वाइड(एंगल क्यामेरा र दूईवटा मोनो सेन्सरसहित क्वाड क्यामेरा सेटअप दिइएको छ।
त्यसैगरी, फोनको अघिल्लो भागमा १६एमपी क्षमताको सुटरको व्यवस्था फोनमा रहेको छ। यो फोनमा ४,०१५ एमएएच क्षमताको ब्याट्रीका साथै, टाइप-सी पोर्टमार्फत् सपोर्ट हुने ३० वाट फास्ट चार्जिङ प्रविधि पनि उपलब्ध गरिएको छ। नेपाली बजारमा लेडरजस्तो देखिने फिनिशका साथमा नेभी ब्ल्यू र डायनामिक अरेन्ज गरी दूई भिन्न रंगमा फोन उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।