काठमाडौं- टिभिएस दसैंको आशा योजनाअन्तर्गत पहिलो बिजेता अमितजंग सिटौलालाई आरआर ३१० हस्तान्त्रण गरेको कम्पनीले जनाएको छ। बिजेता सिटौलाले टिभिएस एनटर्क खरिद गरेका थिए। टिभिएस दसैंको आशा योजनाअन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल खरिद गरेर वा खरिद नगरेर पनि यो योजनामा सहभागी बन्न सक्नेछन्।
यो योजनाअन्तर्गत हरेक साता टेलिभिजन र टिभिएसको फेसबुकमा प्रत्येक्ष प्रशारणमार्फत् गोलाप्रथा गरी बिजेता घोषण गरिनेछ। पहिलो साताको विजेतालाई आरआर ३१० हस्तान्तरण गरिएको कम्पनीको भनाइ छ।
यो योजनाअन्तर्गत टिभिएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९ हजार र स्कुटरको खसरदमा ७ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्नेछन् भने ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्नेछन्। यी दुईमध्ये कुनै एक स्किम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ।
बम्पर उपहारका रूपमा हरेक साता एक जनाले जित्नसक्ने आरआर ३१० टिभिएसकै सबैभन्दा महंगो मोटरसाइकल हो। हरेक साता हुने लक्की ड्रमा भाग लिन चाहने जो कोहीले पनि टिभिएसको वेवसाइटमा गएर फारम भर्नुपर्नेछ। जसमा मोटरसाइकलन किन्नेले पनि आफ्नो नाम रजिस्ट्रर गर्न सक्नेछन् भने आरआर ३१० जित्ने अवसर पाउनेछन्।
यस बम्पर योजनाको आर्कषण भनेको जो कोहीले पनि आफ्नो छनौट वा किन्नको विकल्पको बावजूद पनि भाग लिन र जित्न सक्ने अवसर पाउनु हो।
जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि आधिकारिक वितरक हो। नेपालभर १ सयभन्दा बढी सेल्स सर्भिस र स्पेर्स डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मन मस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ।
११० देखि ३१० सिसीसम्मको गुणस्तरीय उत्पादनहरु राडियन, स्ट्राइकर, म्याक्स १२५, अपाचे आरटिआर १६०, अपाचे आरटिआर २०० ४भी, अपाचे आरआर ३१०, एन्टर्क १२५, वेगो र जुपिटर क्लासिक छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।